ललितपुर । ललितपुरको लगनखेलस्थित कर्मचारी संचय कोषमा रहेको ललितपुर मोबाइल कम्प्लेक्सलेमा जारी मोबाईल मेलाको सातौं दिनमा विशेष छुटसहित विभिन्न ब्राण्डका स्मार्टफोनहरु बिक्री गरिने भएको छ । सातौं दिन मेलामा उत्कृष्ट फोनहरुमा ८ देखि ३० प्रतिशतसम्मको छुट दिईनेछ ।

८ गते देखि शुरु भएको मेला भोली सातौं दिनमा प्रवेश गर्दै छ । १८ गते सकिने भनिएको मेला केही दिन लम्बिन सक्ने
ललितपुर मोबाइल कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले जानकारी दिए ।

मेलामा सामसुंग, हुवावे, माइक्रोसफ्ट, लाभा, डिटिसी ब्राण्डले ग्राहकहरुको अत्यधिक मागका कारण रुचाईएका मोडलका फोनहरुमा छुट दिएको छ । सामसुंगले पछिल्लो समय बजारमा निकै रुचाईएको ग्यालेक्सी जे सेभेन स्मार्टफोन विशेष छुट मूल्यमा उपलब्ध गराएको कम्प्लेक्सले जनाएको छ । सामसुंग जे सेभेन मध्यम श्रेणीको स्मार्टफोन हो । यसमा उच्चस्तरको प्रोसेसर, एमोलेड डिस्प्ले तथा १६ जीबीको स्टोरेज राखिएको छ ।

Mela Pic_01त्यसैगरी हुवावेले पछिल्लो समय बजारमा आएको वाई सिक्स स्मार्टफोन विशेष छुट मूल्यमा उपलब्ध गराएको छ । मध्य श्रेणीको स्मार्टफोनको रुपमा आएको यो फोन युवा वर्गको रुचीको फोनको रुपमा रहेको छ । यो स्मार्टफोनमा एचडी डिस्प्ले तथा २ जीबीको र्याम छ भने ८ जीबीको इन्टरनल मेमोरी राखिएको छ ।

लाभाले मोबाइल मेलाको अवसर पारेर एक्स एट क्यू स्मार्टफोनमा भारी छुट दिएको छ । लाभाको यो स्मार्टफोन मध्यम श्रेणीको स्मार्टफोन हो । यो फोनमा एचडी डिस्प्ले तथा १ जीबीको र्याम छ भने विशेषगरी सेल्फीका लागि उपयुक्त स्मार्टफोन हो ।

माइक्रोम्याक्सको लूमिया ५३५ बजेट फोनको रुपमा बजारमा उपलब्ध छ । यो स्मार्टफोन विण्डोज अपरेटिंग सिस्टममा आधारित बजेट फोन हो । यो फोनमा १ जीबीको र्याम तथा ८ जीबीको स्टोरेज रहेको छ । यो फोन मेलाको अवसरमा ३० प्रतिशत छुट दिईएको छ ।

सिंगापुरको ब्राण्ड डिटिसी नेपालमा निकै रुचाईएको ब्राण्ड मध्ये पर्दछ । डिटिसीको गियर फोन पछिल्लो समय उत्कृष्ट फीचर फोनको रुपमा रहेको छ । यो फोनमा ४५०० एमएएचको शक्तिशाली ब्याट्री राखिएको छ, जसले अर्को फोन पनि पावर ब्यांकको रुपमा चार्ज गर्न सकिन्छ । यो फोन मेला अवधिभर २५ प्रतिशत छुटमा उपलब्ध गराईएको छ ।

मेलाको अवधिभर कुनैपनि मोबाइल खरिदमा ४० प्रतिशतसम्मको नगद छुट ग्राहकले प्राप्त गर्नेछन भने एसेसरिजमा ५५ प्रतिशतसम्मको छुट दिईएको छ । त्यसैगरी कुनैपनि मोबाइल तथा ग्याजेटस् सर्भिस गरेबापत सर्भिसमा २५ प्रतिशतसम्मको छुट उपलब्ध गराईएको छ ।

For More videos Log on to Mazzako TV