काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीबाट काठमाडौं उड्ने तयारीमा रहेका बिमानमा बुधवार पनि बम भएको हल्ला भएपछि उडान रोकिएको छ ।

उडानको तयारीमा रहेका जेट एयरलाइन्स र एयर इन्डियाका जहाजमा बम भएको ‘फोन कल’पछि उडान रोकिएका छन् । ती दुवै जहाजमा बम डिस्पोजल टोलीले बम भए नभएको निरिक्षण गरिरहेको छन ।

Delhi Bound AIR INDIA B-787 Dreamliner at Netaji Subash Chandra Bose International Airport. (Kolkata) on Wednesday . Express photo by Partha Paul. Kolkata. 15.05.13

जेट एयरलाइन्सको जहाजमा बम भएको हल्ला चलेर फ्लाइट रोकिएको दुई दिनपछि आज फेरि जेट र एयर इन्डियामा बम भएको ‘थ्रेट’ आएको हो ।

जेट एयरलाइन्सको जहाजका ७ चालक दलका सदस्य र १ सय २२ यात्रुलाई प्रतीक्षालय र एयर इन्डियाका २ सय १५ यात्रुलाई ‘टर्मिनियस’ भवनमा राखिएको इन्डियन एक्सप्रेसले जनाएको छ ।

सअघि सोमबार पनि काठमाडौं आउन लागेको जेट एयरवेजको विमानमा भएको हल्ला चलेको थियो ।

For More videos Log on to Mazzako TV