बास्तविक जीवनमा समेत प्रेममा चुर्लुम्ब डुबेको जोडी नीता ढुंगाना र आमेष भण्डारीले अब फिल्मको पर्दामा पनि चुम्बन गरेका छन् । यी दुइले लिपलक गरेको दृश्य समेट्दै फिल्म फूलै  फूलको मौसम तिमीलाईको ट्रेलर सार्वजनिक गरिएको छ । neeta-and-aamesh
दीनेश डीसीको निर्देशन र निर्माणमा बनेको यो फिल्म फागुन २१ गतेबाट प्रदर्शन हुँदैछ । फिल्मको ट्रेलरमा नीता दोहोरो भूमिकामा देखिएकी छिन् ।

नीताको यो बर्ष कुनै पनि फिल्म रिलिज भएका छैनन् । उनी यही फिल्मबाट धेरै आशावादी छिन् । आमेषको यो डेब्यू फिल्म हो । प्रेम, रोमान्स, विछोड, बदला ट्रेलरमा देखिन्छ । निर्देशक डीसी आफ्नो फिल्मलाई लिएर उच्च आत्मविश्वासमा देखिएका पनि छन् ।

For More videos Log on to Mazzako TV