नेपाली कलाकार जती व्यवसायिक हुनुपर्ने हो, त्यती हुन सकेका छैनन् । आफू अभिनित फिल्मको प्रचार गर्नुभन्दा पनि नयाँ फिल्ममा राम्रै रकम लिएर काम गर्नमा उनीहरु व्यस्त हुन्छन् । यसैले पनि होला, फिल्म चल्ने बेलामा कलाकारले साथ नदिदा निर्माताहरुले दुख पाएका छन् ।
shilpa-and-karishma-
अभिनेत्री शिल्पा पोख्रेल अहिले फिल्म हामी शरणार्थीको छायांकनमा व्यस्त छिन् । उनी अभिनित फिल्म फागू रिलिज हुन एक महिना पनि छैन । तर, शिल्पा भने फिल्मको प्रचार छाडेर नयाँ फिल्मको छायांकनका लागि पाल्पातिर छिन् । शिल्पा पाल्पा भएपछि फागू यूनिट बिना हिरोइन प्रचारमा दौडिएको छ ।

विजय केरुङले निर्देशन गरिरहेको यो फिल्मका कारण शिल्पा फागूको प्रचारमा सहभागी नहुने पक्का छ । शिल्पाको बाइट नै लिएर निर्देशक संझना रौनियार फर्किएकी छिन् । फागूमा शिल्पा मुख्य भूमिकामा छिन् । उनीविनाको प्रचार खल्लो हुनसक्छ ।

तर, एउटा फिल्म रिलिज नभई अर्को फिल्म गर्न कलाकारले हतार गर्दा फिल्म बनाउनेले जती दुख अरु कसले पाउँछ र ?

For More videos Log on to Mazzako TV