हाँस्य कलाकार जितु नेपाल (मुन्द्रे) नेपाल वायु सेवा निगमको ‘ब्राण्ड एम्बेस्डर’ (प्रवद्घन दूत)मा नियुक्त भएका छन् । निगमले सोमबार राजधानीमा एक कार्यक्रम गर्दै मुन्द्रेलाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको हो ।

12295515_1046023968783257_7242094175985614836_n

तीन वर्षे सुधार कार्ययोजना प्रस्तुत गर्दै विशेष कार्यक्रमबीच पर्यटनमन्त्री आनन्द पोख्रेलले ‘मुन्द्रे’लाई निगमको नियुक्ति पत्र हस्तान्तरण गरे । निगमको ‘ब्रान्ड एम्बेसडर’को पत्र बुझ्दै मुन्द्रेले वायु सेवा निगमको प्रचारमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । सरकारको तर्फबाट अहिलेसम्मकै ठूलो जिम्मेवारी पाएकोमा उनले खुशी पनि ब्यक्त गरे ।

Jitu nepal

नेपाल वायु सेवा निगमलाई यसअघि निकै व्यंग्य गरिएको सम्झना गर्दै ‘मुन्द्रे’ले अब भने राष्ट्रिय ध्वजाबाहक जहाजमा यात्रा गर्न सबैलाई सिफारीस गर्ने संकल्प पनि गरेका छन् ।

For More videos Log on to Mazzako TV