अभिनेता आर्यन सिग्देलको यो बर्ष अब २ वटा फिल्म रिलिजका लागि तयार छन् । माघ २९ गतेबाट प्रदर्शनमा आउने फिल्म क्लासिकमा आर्यन दुष्टिबिहन यूवाको भूमिकामा देखिएका छन् । aaryan-sigdel

उनै आर्यनले एक्सन शैलीमा आफूलाई ढालेको फिल्म आवेग भने चैत्र १२ गतेबाट प्रदर्शनमा आउने भएको छ । यो फिल्मको काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको छ ।

सार्वजनिक ट्रेलरमा निर्देशक बसन्त निरौलाले आर्यनको एक्सन छविलाई उतार्ने कोशिश गरेका छन् । यो ट्रेलरमा आर्यनलाई दक्षिण भारतीय फिल्मको शैलीमा ढाल्दै निर्देशकले सनसनीपूर्ण एक्सन देखाएका छन् ।

उनलाई धु्रव दत्त, पवित्रा आचार्य, अर्चना डेलालाले साथ दिएका छन् । सूर्य कार्कीको प्रस्तुतीमा तयार भएको यो फिल्ममा अष्ट महर्जनको द्धन्द्ध छ । फिल्मको एल्बम पनि कार्यक्रममा विमोचन गरिएको थियो ।

For More videos Log on to Mazzako TV