तिमी छौ यहाँ बोलको गीत सार्वजनिक गर्दै नायक भूवनक केसीले आफ्नो नयाँ फिल्म ड्रिम्सलाई अझ धमकेदार रहेको प्रमाणित गर्न खोजेका छन् । युुटुबबाट सार्वजनिक गरिएको फिल्मको यो गीतमा अभिनेता अनमोल केसी र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई फिचर गरिएको छ ।dreams

हेर्कुलस बस्नेत र सोमिया बराइलीको आवाज रहेको यो गीतमा हेर्कुलसको शब्द, विशेष र रोदितको संगीत छ । फागुन २१ गतेबाट प्रदर्शनमा आउने यो फिल्मलाई लिएर अहिले दर्शकमा उत्साह थपिएको छ । अभिनेता अनमोल केसीको लुक्सका दिवाना नेपालमा हजारौ भएकाले पनि उनको फिल्म प्रतिक्षामा हुन्छ ।

पुरुषोत्तम प्रधानले खिचेको यो गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । यो गीतको लोकेशन उत्कृष्ट छ । त्यसलाई पुरुषोत्तम प्रधानले मनमोहक तरिकाले क्यामेरामा कैद गरेका छन् ।

For More videos Log on to Mazzako TV