काठमाडौं । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आगामी माघ १८ गतेसम्मका लागि आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गरेको छ ।

Madeshi protest in jankpur

File Photo

राजधानीको बिजुलीबजारस्थित तमलोपा पार्टी कार्यालयमा सोमवार बसेको मोर्चाको बैठकले थप कार्यक्रम गर्ने निर्णय गरेको हो । बैठकले मोरङको रंगेली घटनाको कडा शब्दमा विरोध समेत गरेको छ ।

संविधान संशोधनको भाषाले मोर्चाको आन्दोलनलाई सम्बोधन गर्न पर्याप्त नभएको भन्दै मोर्चाले यो संशोधन अपुरो रहेको निश्कर्ष निकालेको छ ।

साथै जारी मधेस आन्दोलनमा सहभागी हुन तराईका अन्य राजनीति पार्टी र संगठनहरुलाई अपिल गर्ने पनि निर्णय बैठकले गरेको सद्भावना महासचिव मनिषकुमार सुमनले बताए ।

For More videos Log on to Mazzako TV