पोखरा। युवा सङ्घ नेपालले सङ्घद्वारा मधेसमा जारी अभियान सामाजिक सद्भाव र एकताका लागि भएको जनाएको छ ।

युवा सङ्घ नेपाल गण्डकी अञ्चल कमिटीद्वारा सोमवार यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा सङ्घका अध्यक्ष राजीव पहारीले नयाँ संविधानका उपलब्धिबारे जानकारी गराउने र संविधानका सम्बन्धमा व्याप्त भ्रम हटाउँदै समग्र राष्ट्रको एकता र सद्भावका लागि अभियान सञ्चालन गरिएको जानकारी दिए ।

Rajiv-Pahariअभियान कसैको प्रतिरोधका लागि नभएको स्पष्ट पार्दै अध्यक्ष पहारीले भने–“अभियानले राष्ट्रलाई जटिलताबाट पार लगाउन महत्वपूर्ण सहयोग पु¥याउँछ र मधेसमा सचेतना अभिवृद्धिका लागि यो उपयोगी बन्दछ ।”

सङ्घले मधेसमा जागरण अभियानअन्तर्गत निरन्तर कार्यक्रम गर्दै आएकामा रङ्गेलीको कार्यक्रम पनि पूर्ववत् रुपमा तय भएको गरिएको उनको भनाइ छ ।

रङ्गेलीमा शान्तिपूर्ण कार्यक्रमलाई बिथोल्न प्रयास गरिएपश्चात भएको घटना दुखःद भएको उल्लेख गर्दै उनले कार्यक्रम गर्न सर्वदलीय सहमति समेत भइसकेको अवस्थामा शान्तिपूर्ण कार्यक्रमलाई अनाहकमा बिथोल्ने प्रयास भएको बताए ।

मधेस समस्याको समाधानका साथै देशमा व्याप्त कालोबजारी, अनियमितताका सम्बन्धमा सङ्घले सरकारको ध्यानाकर्षण गराएको अध्यक्ष पहारीले बताए ।

कार्यक्रममा सङ्घका नेताहरु नवराज ओझा, उपाध्यक्ष महेन्द्र गुरुङ र थमनारायण ढकाललगायतले सामाजिक सद्भाव र एकताका लागि मधेसमा सङ्घले अभियान सञ्चालन गरेको बताए ।

For More videos Log on to Mazzako TV