काठमाडौं ।भारतले नेपालको संसदबाट भएको संविधान संसोधनलाई सकारात्मक कदम भएको टिप्पणी गरेको छ । उसले अरु बिषय पनि यसै गरि सम्बोधन हुनेमा आशावादी रहेको भनेको छ ।

‘नेपालको संसदले हिजो गरेको दुई वटा संसोधनलाई हामीले सकारात्मक विकासक्रमको रुपमा लिएका छौं, हामी आशा गछौं’, विदेश मन्त्रालयले आइतवार जारी गरेको विज्ञप्तिमार्फत् भनेको छ,’अन्य मुद्धाहरु पनि रचनात्मक आधारमा सम्वोधन हुनेछ ।’ शनिवार राती नेपाली संसदले नयाँ संविधानमा पहिलोपटक संसोधन गरे पछि उसको यस्तो प्रतिक्रिया आएको हो ।

press release of Indiaनाकावन्दी हट्नेबारे मौन
तर, भारतले नाकावन्दी हट्नेबारे भने भारतीय पक्षले केही बोलेको छैन । यसअघि परराष्ट्रमन्त्री कमल थापा भारत भ्रमणमा गएका बेला संविधान संशोधनपपछि भारतले स्वागत गर्ने र नाकाबन्दी खुल्ने सहमति भएको सरकारी स्रोतको दावी छ ।

यसअघि संविधान जारी हुँदा पनि भारतले नेपालमा एक संविधान जारी भएको आफुले जानकारी पाएको भन्दै विज्ञप्ति जारी गरेको थियो ।

नयाँ दिल्लीस्थित कुटनीतिक स्रोतका अनुसार, मधेशमोर्चा सम्बद्ध दलले उठाइरहेको सिमांकन परिमार्जन र अनुसुची सहितका बिषयमा समाधान खोज्न छलफल तथा संवादको निरन्तरता रहनुपर्ने अभिप्रायमा प्रेस–नोट जारी भएको हो ।

नेपाली कुटनीतिक नियोगका एक अधिकारीले मधेशको समस्या सामाधान गर्नमा नेपाल सरकारले थालेको प्रकृयागत पहल स्वागतयोग्य रहेको र अब मधेशी मोर्चाका नेताहरुसँगको सहमती र समझदारीले छिट्टै नाकाबन्दी र सिमा अवरोध हट्नेछ भन्नेमा विदेश मन्त्रालय पनि आश्वस्त भएको बताए ।

रक्सौल नाकाको अवरोध तथा नाकाबन्दीबारे तत्काल केही भन्न सकिने स्थिति भने नरहेको ती अधिकारीले बताए ।

For More videos Log on to Mazzako TV