काठमाडौं । संविधान संशोधन विधेयकमाथि परेका संशोधन मिलाउन ढिला भएपछि संसद बैठक सुरु हुनै ढिला भएको छ ।

दिउँसो ३ बजेका लागि बोलाइएको संसद बैठक अझै सुरु भएको छैन । मधेसी मोर्चाका माग निकट रहेका संशोधन प्रस्ताव पारित गर्न तीन दलको संयुक्त कार्यदलले तयारी गरिरहेको छ ।

CA-buildingसंविधान संशोधन विधेयकमाथि दुई दिनसम्म भएको छलफलपछि शनिबार संशोधन पास गर्ने कार्यतालिका छ ।

विधेयकमाथिको दफावार छलफल सकिएकाले सांसदहरुले राखेको धारणाको सरकारका तर्फबाट कानुनमन्त्री अग्नि खरेलले जवाफ दिनेछन् ।

नयाँ संविधानको धारा ४२, ८४ र २८६ लाई संशोधन गर्न सरकारले अघि बढाएको मूल विधेयकमाथि कांग्रेस, एमाओवादीसहितका सांसदले २४ संशोधन प्रस्ताव दर्ता गराएका थिए ।

For More videos Log on to Mazzako TV