काठमाडौं । बंगलादेशमा जारी बंगबन्धु गोल्डकपको फाइनलमा नेपालले बहराइनलाई तीन गोलले हराएको छ । जितसँगै नेपालले २३ बर्ष पछि जितको स्वाद चाख्न पाएको छ ।

Nepali Team

ढाकामा भएको खेलमा नेपालले ५ औं मिनेटमा नै विमल घर्ती मगरले गोल गरे । विराज महर्जनको क्रसमा अन्जन विष्टले हेड गरेका थिए । उनको हेड बल बहराइनका गोलरक्षकले हाफ क्लियर गरे ।

खेलको ८१ औं मिनेटमा दुबै टीम १० खेलाडीमा सिमित भए । नेपालका सुमन लामाले रातो कार्ड पाए । विक्रम लामा र बहराइनका खेलाडीबीचको विवादमा सुमन झगडा गर्न पुगेका थिए ।

तर, अन्तिममा नेपाल दोस्रो गोल गर्न सफल भयो । अन्जन विष्टको उत्कृष्ट पासमा विशाल राईले गोल गरेका हुन् । लगतै नवयुग श्रेष्ठले गोल गर्दै नेपाललार्इ ३-० को शानदार जित दिलाए ।

१७ बर्षपछि पहिलोपटक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा पुगेको नेपाल २३ बर्षसम्मको अन्तर्राष्ट्रिय उपाधिको खडेरी तोड्न सफल भएको छ ।

यसअघि सन् १९९३ मा साफ गेममा नेपालले उपाधि जिते को थियो ।

For More videos Log on to Mazzako TV