फिल्म ‘नाई नभन्नु ल’को ब्रान्ड गीतका कारण चर्चामा हुन्छ । गीतकै कारण फिल्मको व्यापारमा पनि उतारचढाव आएको छ । निर्देशक विकास आचार्यले ‘नाई नभन्नु ल ४’मा पनि गीतसंगीतलाई नै बलियो आधार मानेका छन् ।
pal-and-aacchal
यो फिल्ममा समावेश ‘चिया कफी’ बोलको गीत रिलिज गरिएको छ । गीतमा फिल्मका नयाँ कलाकार पल शाह र आँचल शर्मालाई देखाइएको छ ।

फिल्मको संगीत र शब्दमा बसन्त सापकोटाले उत्कृष्ट काम गरेका छन् । गीत रोचक छ, शब्द त्यस्तै रमाइलो । सुमग पोख्रेल र इन्दिरा जोशीले गीतमा जीवन्त आवाज दिएका छन् ।

लोकेशनमा पनि कुनै कञ्जुस्याँइ गरिएको छैन । तर, यही फिल्मबाट नेपाली फिल्म जगतमा प्रवेश गर्न लागेका चर्चित मोडल पल शाहले भने आफूलाई भिडियो र फिल्ममा भिन्नता देखाउन सकेका छैनन् । पलको गेटअप, पहिरन, जुत्तादेखि हरेक स्टाइल भिडियोमै दर्शकले देखिसकेका छन् । यो गीतमा पललाई नयाँ कलाकार आँचल शर्माले उछिनेकी छिन् ।

पलको भिडियो शैलीमै तयार पारिएको यो गीत हेर्दा दर्शक झुक्किन सक्छन् । फिल्ममा काम गर्दा आफूलाई पुरै ढाल्न आवश्यक छ । भिडियोमै धेरै काम गरेका कारण केकी अधिकारी, रीमा विश्वकर्मा, वेनिशा हमाल, अनु शाह जस्ता मोडल फिल्म नगरिमा खासै चम्कन सकेनन् ।

पलका लागि पनि यो ठूलो जोखिम थियो । तर, पलले भिडियो र फिल्मको गीतमा उस्तै शैली अपनाएर आलोचकहरुलाई बोल्ने मौका छाडेका छन् । चैत्र २६ गतेबाट रिलिज हुने यो फिल्ममा प्रियंका कार्की, अनुभव रेग्मी, बर्षा राउत मुख्य भूमिकामा छन् ।

For More videos Log on to Mazzako TV