मज्जाको अनलाईन, माघ ८ गते शुक्रबार, २०७२, काठमाण्डौं ।

Aryan Namrata 3

‘पर्दामा नम्रताको जोडी आफुबाहेक अरुसँग मज्जाको देखिदैन्, सबैभन्दा बढी मसँग नै सुहाउँछ’, नायक आर्यन सिग्देलले मज्जाको टिभीसँग यसो भनिरहदा नम्रताको पनि उस्तै प्रतिक्रिया आयो । ‘नो अफेन्स तर एलियनको जोडी म बाहेक अरुसँग हुदाँ म खासै राम्रो देख्दिन, सायद हामी बीचमा ट्युनिङ्ग मिलेर पनि हुन सक्छ’ । फेरि आर्यन थप्छन्, ‘यदि नमुको जोडी लियोनार्दोसँग भयो भने चाही म बाहेक पनि पनि नम्रतासँको पेयरिङ्ग राम्रो देखिन सक्छ ।’

Aryan Namrata 2

एक अर्काको खुब केयर गर्ने आर्यन र नम्रता एक अर्कालाई माया गरेर बोलाउँछन् । आर्यन नम्रतालाई ‘नमु’ भनेर बोलाउछन् भने नम्रता आर्यनलाई ‘एलियन’ भन्छिन् । एक अर्काको प्रशंसा गरेर नथाक्ने यो जोडी पर्दामा पुन: तेस्रो पटक सँगै देखिदैछन् । यसअघि ‘मेरो एउटा साथी छ’ र ‘नोभेम्बर रेन’मा सँगै देखिएका आर्यन नम्रता अब भिन्नै लुक्समा चलचित्र ‘क्लासिक’मा देखिदैछन् । चलचित्र ‘क्लासिक’बाट निकै आशावादी रहेको सुनाउने अर्यान नम्रता आफ्नो प्रतिस्पर्धा सो डेटका अरु चलचित्रसँग नभएर आफ्नै अघिल्ला चलचित्रहरुसँग हुने बताउँछन् ।

Aryan Namrata 1

दिनेश राउत निर्देशित चलचित्र ‘क्लासिक’मा अर्यान र नम्रता दृष्टिविहिनको भुमिकामा देखा पर्दैछन् । सुवास गिरीले बनाएको यो सिनेमा माघ २९ गतेबाट सार्वजनिक प्रर्दशनमा आउदैछ ।

आर्यन र नम्रतासँग गरिएको मज्जाको कुराकानी हेरौं ।

For More videos Log on to Mazzako TV