बाहिर हेर्दा चिटिक्क मिलेको जोडी पनि भित्र भित्र चिरिएको हुन्छ भन्ने कुरा बलिउडले पुष्टी गर्दैछ । बलिउडमा ऋतिक रोशन र उनकी श्रीमतीविच १३ सालदेखिको सम्बन्धमा ब्रेक लाग्यो । धेरैले यो  जोडीलाई सबैभन्दा मिलेको मान्थे । तर, सोचेजस्तो कहाँ हुने रहेछ र ?
farhan-and-his-wife
अब, अर्का एक चर्चित अभिनेताको घरबार पनि सकिन लागेको खबर छ । बलिउडका चर्चित निर्देशक, निर्माता, गायक, कलाकार फरहान अख्तरको १५ बर्षपछि घरबार सकिन लागेको छ ।

उनी र उनकी पत्नी अधुनाविच डिभोर्स हुन लागेको खबरले बलिउड मिडिया चर्किएको छ । अधुना र फरहानले सन् २००० मा बिहे गरेका थिए । अधुनाका अनुसार यी दुईविच लामो समयदेखि सम्बन्ध राम्रो थिएन । फरहानले अभिनय गरेको फिल्म वाजिरको सफलता कार्यक्रममा अधुना सहभागी भइनन् । यसले पनि बलिउडलाई रुमरको स्थान मिलेको थियो ।
फरहान आफ्नी पत्नीसँग डिभोर्स गर्ने अन्तिम अवस्थामा पुगेका छन् । उनीहरुको २ सन्तान पनि छन् ।

For More videos Log on to Mazzako TV