यो बर्ष केकी अधिकारीका लागि खासै सुखद देखिएको छैन । हुनत, केकीका लागि नेपाली फिल्म क्षेत्र नै कमजोर बनेको छ । हुनत, कुनै फिल्म चल्नका लागि कलाकारको मात्र योगदान हुनुपर्छ भन्ने होइन । तर, कमसेकम राम्रै पारिश्रमिक लिएपछि कलाकारले पनि आफ्नो स्टारडम मेन्टेन गर्न सक्नुपर्छ ।
Keki Adhikari Bagmati Film
तर, फिल्म क्षेत्रमा राम्रै चर्चा र फेसबुकमा राम्रै लाइक कमाएकी केकीका लागि यो कुरा सावित भएको छैन । केकी अधिकारीका कुनै पनि फिल्म चल्दैनन् । बागमती फिल्ममा दर्शक पनि हाँस्ने खालका भूमिका गरेर केकीले ठूलै गल्ती गरिसकेकी छिन् । केकीको अर्को फिल्म फन्को बागमती रिलिज भएको एक सातापछि रिलिज भयो । दुबै फिल्मले निर्माता सुरक्षित गर्न सकेनन् ।

बागमतीमा त केकीले यती कमजोर भूमिका निर्वाहा गरेकी छिन् कि जुन एक चर्चित अभिनेत्रीका लागि सुहाउने कुरा नै होइन । म्यूजिक भिडियो भनेपछि दौडिहाल्ने केकीले आफ्नो स्टारडम मेन्टेन गर्न सकेको देखिदैन ।

यसरी लकले काम गर्न छाड्यो भने त फिल्म क्षेत्रमा टिक्न पनि कहाँ सकिन्छ र ? बेलैमा सोच्ने पो हो कि केकी जीले ?

For More videos Log on to Mazzako TV