काठमाडौं। एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको वर्तमान समस्या समाधानका निम्ति नेपालका वामपन्थी शक्तिबीच एकताको आवश्यकता औँल्याएका छन् ।

Prachanda.jpg1कृष्णदास श्रेष्ठद्वारा लिखित ‘भौतिकवादको विकासको इतिहास र माक्र्सवादी सौन्दर्य चिन्तन’ नामक पुस्तकको बिहिवार विमोचन गर्दै नेता दाहालले नेपाली कम्युनिस्टले जनता र राष्ट्रप्रति निष्ठाका साथ नयाँ धरातल खडा गर्नुपर्ने बताए । “नयाँ धरातलमा टेकेर कम्युनिस्टलाई एकताबद्ध गर्नुपर्ने आवश्यकता छ, हामी एउटै धाराबाट विकसित भएका र एउटै स्कुलिङ भएकाले नै दायाँ र बायाँतिर हेर्ने कमजोरी गर्यौ’, उनले भने ।

मात्रात्मक रुपमा कम्युनिस्ट आन्दोलनको विकास भए पनि गुणात्मक हिसाबले ह्रास आएको भन्दै उनले कम्युनिस्ट आन्दोलनभित्र पुँजीवादको बोलवाला भएको बताए । प्रचण्डले विगतमा गरिएका मनोगतवादी कमजोरीलाई सच्चाएर एकताबद्ध भई वर्ग सङ्घर्षलाई नयाँ शिराबाट उठाउन जरुरी भएको समेत बताए ।

नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्य, साहित्यकार निनु चापागार्इं, अमर गिरी र जगदीशचन्द्र भण्डारी, बुद्धिजीवी हिरण्यलाल श्रेष्ठलगायतले कृति कम्युनिस्ट आन्दोलन जान्न चाहनेका लागि उपयोगी हुने बताए ।

For More videos Log on to Mazzako TV