विराटनगर । दुई दिनदेखि तनावग्रस्त रंगेलीमा बिहीबार प्रहरीको गोलीबाट ३ जनाको मृत्यु भएको छ । एमाले भातृ संगठन युवा संघले मधेसी बाहुल्य क्षेत्र रंगेलीमा आफ्नो कार्यक्रम राखेपछि बुधबारदेखि नै त्यहाँ तनाव बढेको थियो ।

आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बिहीबार संघको कार्यक्रम बिथोल्न खोज्दा प्रहरीले चलाएको गोली लागेर रंगेली-४ का ६० वर्षीया द्रौपदीदेवी चौधरी, डायनियाँ-९ का शिवु माझीको मृत्यु भएको छ । मृतक महिला चौधरी राप्रपा नेपालका कार्यकर्ता हुन् । उनी काम विशेषले बाहिर निस्केका बेला उनलाई गोली लागेको हो ।

rangali accidentत्यस्तै, उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल ल्याइएका बरडंगा-२ का महादेव ऋषिदेवको पनि निधन भएको अस्पतालले पुष्टी गरेको छ । चौधरी र ऋषिदेवको रंगेलीमा र माझीलार्इ डायनियाँमा भएको झडपमा प्रहरीको गोली लागेको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी तोयम रायाले घटनाको पुष्टी गर्दै दुर्इ जनाको निधन भएको बताएका छन् । उनले चौधरी र माझीको मृत्युको पुष्टी गरेका छन् ।

घाइते ५ जनाको विराटनगर स्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको डिआइजी माधव जोशीले बताए । रंगेली र डायिनयाँ चोक अझै तनावग्रस्त रहेको जानकारी उनले दिए । रंगेलीमा सुरु भएको तनाव सँगैको डायनीयाँमा पुगेको हो ।

मोर्चाका कार्यकर्ताले मोरङको पुरानो सदरमुकाम रंगेली बजारस्थित एमालेका दुईजना कार्यकर्ताको घरमा गएराति तोडफोड गरेका थिए । मोर्चाको चर्को बिराधका बाबजुद प्रहरी घेराबीच संघले गरेको कार्यक्रममा एमाले नेताहरु ईश्वर पोखरेल, शंकर पोखरेल, महेश वस्नेत, मन्त्री सत्यनारायण मण्डल लगायत पुगेका थिए ।

For More videos Log on to Mazzako TV