Reecha new one

‘साडी लहराएर रुखको वरीपरी सधै घुम्नु पर्छ भन्ने छैन, हामीले त सधै नयाँ नयाँ एक्सपेरिमेन्ट गर्ने हो’, नायिका ऋचा शर्माले मज्जाको टिभीसँगको एक भेटमा भनिन् । उनी थप्छिन्, ‘म हिरोईन होईन एक्टर हुँ’ । चलचित्र ‘को आफ्नो’को उनको भुमिकालाई लिएर सञ्चारकर्मीहको जिज्ञासामा नायिका ऋचा शर्मा आफ्नो उमेरभन्दा बढी उमेरकी गृहिणी महिलाको रुपमा देखिन पाउदा निकै रमाईलो लागेको बताउछिन् ।

Richa Sharma 1

फागुन ७ गते बाट सार्वजनिक प्रर्दशनमा आउन लागेको चलचित्र ‘को आफ्नो’मा नायिका ऋचाले आफ्नो शरिरको संरचनामा नै परिवर्तन ल्याएकी छन् । उनको मुहारमा दाग लगाइएको छ अनि दाँतलाई अगाडी उछिट्याइएको छ । ‘टलकजंग भर्सेस टुल्के’को ‘फूली’ पात्रबाट राष्ट्रिय पुरस्कार पाएकी यि नायिका ‘को आफ्नो’बाट पनि निकै आशावादी देखिएकी छिन् ।

Richa Sharma

अनिल थापाको निर्देशनमा बनेको सिनेमा ‘को आफनो’मा ऋचासँगै सुशांक मैनाली सुवास थापा, मेनुका प्रधान, राजन खतिवडा, शान्ति गिरी, सुदाम सिके, सुलक्ष्यण भारती, प्रकाश घिमिरे लगायत कलाकारको अभिनय रहेको छ । शैलेन्द्र डि.कार्कीले खिचेका यो सिनेमा र आफ्नो ब्यक्तिगत रमाईला र मज्जाको कुराहरु नायिका ऋचाले यसरी सेयर गरिन् ।

 

For More videos Log on to Mazzako TV