दोलखा । वैशाख १२ को महाभूकम्प र त्यस पछिका परकम्पबाट अत्यधिक प्रभावित मध्यएको एक जिल्ला हो दोलखा । भूकम्पले दोलखाका अधिंकाश विद्यालय मारमा परेका छन् । धेरै विद्यालयहरु अस्थायी टहरा बनाएर पठनपाठन सुचारु गरिएको छ ।

त्यस मध्यको एक हो जिल्लाको उत्तरी भागमा रहेको लामाबगरको गौरीशंकर प्राथामिक विद्यालय । उक्त विद्यालयमा अध्ययनरत स–साना बालबालिकाको मनोविज्ञानमा असर परेको छ । त्यसलाई न्युनिकरण गर्नका लागि विद्यालयका शिक्षक–शिक्षिकाहरुले भूकम्पको गीत नै बनाएर विद्यार्थीहरुलाई सिकाएका छन् ।

भूकम्पक सम्बन्धि गीतको बोल हो, ‘भूकम्प ए भूकम्प, मसँग धेरै नचम्क । जस्ताको छाना लाइदिउँला‘।’ दोलखामा भूकम्प गएको ९ महिना बितिसक्दा पनि राहत वितरण अझै प्रभावकारी बन्न सकेको छैन । अभावकै बीच पनि यस्तै गीत गाएर उनीहरुले भूकम्पको पीडा बिर्साउने प्रयास गरिरहेका छन् ।

हेरौं बालबालिकाहरुको भूकम्प गीतः

प्रस्तुति: संजिव दाहाल

For More videos Log on to Mazzako TV