काठमाडौं। राजनीतिक गतिरोध अन्त्यका लागि दलहरुले मधेसी मोर्चासँग शीर्षस्तरमै वार्ता गर्ने निर्णय गरेका छन् । प्रमुख प्रतिपक्षदलसहित सत्तारुढ दलको बुधवार बालुवाटारमा भएको बैठकमा बिहीबार बिहान ९ बजे मधेसी मोर्चालाई वार्तामा बोलाएर शीर्षस्तरबाट राजनीतिक गतिरोध अन्त्यका लागि बैठक बेलाएको नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए ।

बुधवार बैठकमा संविधान संशोधनमा जति प्रस्ताव पेस भएका छन् त्यसैबाट सहमति खोज्ने र यदी सहमति नभए तीन दलको कार्यदलले संविधानमा परिमार्जन र संशोधन गर्न गृहकार्य गर्नेसमेत उपसभापति पौडेलले जानकारी दिए ।

3-party-meeting-@PM-Office

सहमति नभए संविधान संशोधनमा
तीन दलले मधेसी मोर्चासँग सहमति नभए संविधान संशोधनमा एकतर्फी सम्बोधन गरेर अघि बढ्ने संकेत दिएका छन् । संविधान संशोधन विधेयकमा परेको संशोधन वा के गरेर हुन्छ सम्बोधन गर्ने तीन दलको निर्णय छ ।

समानुपातिक समावेशी र जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारणसम्वन्धी माग सम्बोधन गर्न सरकारले संविधान संशोधन विधेयक संसदमा लगेको छ । तर, यसमा प्रमुख विपक्षी कांग्रेस र सत्तारुढ एमाओवादीका सांसदले नै संशोधन दर्ता गराएका छन् ।

कुन संशोधन प्रस्ताव पारित गर्दा सबैका भावना समेट्न सकिन्छ भन्ने विषयमा गृहकार्य गर्न तीन दलीय कार्यदललाई जिम्मेवारी दिएको छ । कार्यदलले दर्ता भएका मध्ये कुनै एक संशोधन प्रस्ताव अनुसार विधेयक पारित गर्ने वा विभिन्न संशोधन प्रस्तावलाई परिमार्जन गर्न समिति गठन गर्ने भन्ने विषयमा सुझाव दिने नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए ।

प्रमुख प्रति पक्ष नेपाली काँग्रेस र सत्तारुढ दल एमाओवादीले संविधान संशोधन विधेयक पारितको कार्यसूची रहेको यही माघ ९ गतेको व्यवस्थापिका संसद्को बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई निर्देश दिएका छन् ।

ती दुई पार्टीलेद्वारा निर्देशित गरिएको ह्वीपमा सो दिनको बैठकमा संविधान संशोधनसम्बन्धी विधेयकलाई पारित गर्ने कार्यक्रम रहेकाले अनिवार्य उपस्थित भई सो प्रस्तावको पक्षमा अनिवार्य मतदान गर्न भनिएको छ ।

यी दुई दलले आफ्ना सांसद माथि ह्वीप जारी गर्नुबाट पनि मधेशी मोर्चासँग सहमति नभए संविधान संसोधन अघि बढ्ने कुरालाई पुष्टि गर्छ ।

For More videos Log on to Mazzako TV