काठमाडौं । मुलुकका उच्च पहाडी भेगमा हिमपात भएको छ । पश्चिमी बायुको प्रभावका कारण मुलुकका अधिकांश स्थानमा गएराति बर्षा भएपछि उच्च भेगमा हिमपात भएको हो । बर्षा तथा हिमपातका कारण मुलुकभर आज चिसो बढेको छ ।

हुम्लामा लामो समय पछि आज हिमपात भएको छ । हिउँ पर्नेक्रम जारी छ । विभिन्न स्थानमा एक फिट बाक्लो हिउँ जमेको छ । हुम्लाको तापक्रम माइनस १२ डिग्री सेल्सीयससम्म पुगेको वइदर डटकमले देखाएको छ ।

सिमकोट विमान स्थालमा बाक्लो हिउँ जमेकाले हवाइ सेवा अवरुद्द भएको छ । भारी हिमपातका कारण हिमालपारीको लिमी गाविससंग सञ्चार सम्पर्क विच्छेद भएको हाम्रा सहकर्मीले बताएका छन् ।

यस्तै, दार्चुलाका उच्च भेगमा पनि हिमपात सुरु भएको छ । अपी नगरापालिकासंग जोडिएको खार गाविस, घुसा, खण्डेश्वरी, रोप्ला, सुन्सेरा, धौलाकोट, इयरकोट, सितोला लगायत जिल्लाका उत्तरी गाविसका उच्च भेगमा हिउ जमेको दार्चुलाका प्रहरी प्रमुख सुशिलसिह राठौरले बताए । जाजरकोटको अधिकांश उच्च भुभागमा हिमपात भएको छ ।

मुस्ताङ, डोल्पा, मुगु, रोल्पालगायत जिल्लामा पनि हिमपात भइरहेको हाम्रा सहकर्मीहरुले जनाएका छन् । हिमपातका कारण जुम्लाका सरकारी तथा गैरसरकारी कार्यालय पूर्णरुपमा बन्द छन् । लामो तथा छोटा दुरीका सवारी साधनका साथै हवाई उडान पनि ठप्प भएका छन् ।

विद्युत्का तार चुडिँदा, पोल ढल्दा विद्युत्मा अवरोध आएको साना जलविद्युत् उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर बुढाथापाले जानकारी दिए ।

सदरमुकाम जुम्लाभन्दा उच्च स्थानमा रहेका ताम्ती, मालिकाठाँटा, घोडेमहादेव, गुठीचौर, मालिकाबोता, पातारासी, छुमचौर, बुम्रमाडीचौर गाविसमा चार फिट हिमपात भएको मालिकाठाँटा–५ का खुम्मीलाल बुढाले जानकारी दिए ।

त्यस्तै भारी हिमपातका कारण गोरखाको लाप्राकस्थित मणिकामदेवी माध्यामिक विद्यालयका विद्यार्थी हिउँसँग पांैठेजोरी खेल्दै विद्यालय आवतजावत गर्छन् । भूकम्पपछि विस्थापित भई गुप्सीपाखाको अस्थायी टहरोमा बस्दै आएका उनीहरु टहरोमा सञ्चालित विद्यालयको कक्षा कोठामा काँप्दै पढिरहेका छन् ।

;]tfDo ;b/d'sfd d'u' ;b/d'sfd udu9Ldf dªunaf/ /ftL ( ah]af6 k/]sf] lxdkftn] oxfFsf hghLjg k|efljt ePsf] 5 . tl:a/ M g[k]Gb| axfb'/ dNn, d'u', /f;;

गत पुस २५ गते परेको बाक्लो हिमपात पग्लेर नसकिँदै मङ्गलबार राति फेरि हिउँ थपिएको छ । हिउँसँग सङ्घर्ष गर्दै विद्यार्थीले दोस्रो त्रैमासिक परीक्षा दिए । हिमपात र चिसो स्याँठका बाबजुद पनि विद्यार्थी पठनपाठनमा सक्रिय रहेको शिक्षक धनबहादुर गुरुङले बताए ।

विद्यालयमा दुई सय विद्यार्थी पढ्छन् । विद्यार्थीलाई रुघाखोकी, निमोनियाजस्ता रोगले सताएको छ । लामो समयपछि हिमपात भएकाले ती क्षेत्रका किसान भने हर्षित छन् । झण्डै ५ महिनादेखि पानी नपरेका कारण बाली खेतमै सुकेका बेला परेको हिमपातले खेती सप्रिने आशा पलाएको कृषकले बताएका छन् ।

बिहीबार साँझदेखि सुधार आउने

यसैबीच उच्च वायुमण्डलमा न्यून चापीय रेखा विकास भएका कारण नेपालको मौसममा खराबी आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार न्यून चापीय रेखाको विकाससँगै पश्चिमी वायुको प्रभावले नेपालको पश्चिमी भू–भाग हुँदै सबैतिर फैलिएका कारण मौसम बदलीको साथै देशभर वर्षासमेत भएको हो ।

पश्चिमी वायु नेपालको मध्यभेगबाट विस्तारै पूर्वतर्फ प्रवेश गरेका कारण बदलीसँगै देशभर समान्य वर्षा भएको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए ।

उनका अनुसार सबैभन्दा बढी जुम्लामा १५ मिलिमिटर र सबैभन्दा कम काठमाडौँमा ०।४ मिलिमिटर तथा अन्य केही भेगमा फाटफुट वर्षा भएको छ । मौसम बदलीसँगै मङ्गलबार राति काठमाडौँसहित देशभर फाटफुट वर्षा भएको थियो ।

“पश्चिमी भेगमा पूर्ण बादलले ढाकेको छ, मध्य र पूर्वमा बदली मात्र छ । पश्चिम र मध्यमा साँझ पनि वर्षा हुने सम्भावना छ । यो प्रणाली बिहीबार दिउँसोदेखि पश्चिम भेगबाट क्रमशः सफा हुँदै मध्यतिर जाने र शुक्रबार साँझबाट मात्र सफा हुन्छ,”–मौसमविद् अर्यालले भने ।

वर्षासँगै उच्च हिमाली भेगमा हिमपात भएको छ, आजराति पनि हिमपात हुने महाशाखाले जनाएको छ ।

मौसम बदली भई आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम घटेर १३ डिग्रिसेल्सियस र न्यूनतम तापक्रम ७ डिग्रिसेल्सियस रहेको भए पनि काठमाडौँ उपत्यकासहित देशभर चिसो महसुस गरिएको छ ।

For More videos Log on to Mazzako TV