फिल्म ‘बिन्दास ३’ माघ २२ गतेबाट चल्दैछ । यो फिल्ममा अभिनेत्री शुभेच्छा थापाको साथमा अशोक फुयाँल र मनिष कार्की मुख्य भूमिकामा छन् । यो फिल्मकी मुख्य अभिनेत्री शुभेच्छा थापा भने फिल्म प्रचारका लागि विभिन्न खालका हर्कत गरिरहेकी छिन् । उनले खादाले छोपेर गरेको फोटोसुटले चर्चा त पायो तर आलोचनात्मक ।
subhechha-Thapa-3
शुभेच्छा यस्तै कारणले चर्चामा रहँदै फिल्मको प्रचार गरिरहेकी छिन् । तर, निर्देशक राजु गिरीलाई भने फिल्मकी अभिनेत्रीको यो लिला भन्दापनि गीत चलाउने पिरलोले समातेको छ । फिल्ममा समावेश ‘कसले देख्यो र अप्सरालाई’ बोलको गीत राम्रो छ । तर, दर्शकको ध्यान फिल्मको यो  गीतमा भन्दा अभिनेत्रीको हर्कतमा बढी तानिएको छ ।

युटुबमा समेत राम्रो दर्शक बटुलेको यो गीतका कारण पनि फिल्म चल्नेमा राजु आशावादी देखिए । उनले फिल्मभित्र अश्लिलता भन्दा पनि राम्रो कथावस्तु रहेको बताएका छन् ।

For More videos Log on to Mazzako TV