चर्चित हाँस्यकलाकार दीपाश्री निरौलाले निर्देशन गर्ने भनिएको फिल्म ‘छ भने माया छपक्कै लाइदेउ’ तत्काल नबन्ने भएको छ । यही फिल्मबाट दीपा पहिलो पटक निर्देशक बन्ने तयारीमा थिइन् । तर, सामान्य कथावस्तुमा भन्दै केही गम्भिर बिषयमा फिल्म बनाउने भन्दै दीपाले निर्देशन नगर्ने सोच बनाएकी हुन् ।

12606751_1018201884910941_229674846_n
नयाँ फिल्म निर्माणमा लागेकी दीपाले आफूले निर्देशन गर्न लागेको भन्दा अझ उत्कृष्ट कथा भेटेकाले पछि सरेको जानकारी दिएकी छिन् । ‘तितो सत्य’बाट उदाएकी दीपाले ‘६ एकान ६ र वडा नम्बर ६’मा लगानी गरेर राम्रै नाफा कमाएकी थिइन् । यसपछि, उनी निर्देशक बन्ने भन्दै कथा पनि तयार भएको थियो ।

तर, अघिल्ला दुई फिल्म सन्देशमुलक कथामा तयार भएकाले पनि दीपा र दीपकराज गिरीले त्यस्तै नयाँ कथा तयार पारेका छन् । दीपाले निर्देशन गर्न लागेको कथा भन्दा नयाँ कथा राम्रो र गम्भिर प्रकृतीको भएपछि ४० नााघेकी अविवाहित कलाकारको निर्देशक बन्ने  सपना पछि सरेको हो । नयाँ फिल्मको छायांकन भने चैत्रबाट सुरु हुनेछ ।

For More videos Log on to Mazzako TV