काठमाडौं । नेपाल विद्यार्थी सङ्घले पेट्रोलियम पदार्थको मूल्य घटेकाले सवारी साधनको पनि भाडादर घटाउन तत्काल माग गरेको छ ।

नेविसङ्घका प्रवक्ता युपी लामिछानेले विज्ञप्ति जारी विद्यार्थीलाई ४५ प्रतिशत सहुलियत दिने नियमलाई कडाइका साथ कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् ।

नेविसङ्घले सरकारको निर्णय नकुरेर इमान्दारीका साथ भाडा घटाउन यातायात व्यवसायीलाई आग्रह गर्दै तत्काल भाडादर नघटाए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

नेपाल आयल निगमले सोमबारदेखि लागू हुने गरी पेट्रोलमा रु पाँच तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रु छका दरले मूल्य घटाएको थियो ।

Public transportत्यस्तै अर्को विद्यार्थी संगठन अनेरास्ववियु(क्रान्तिकारी)ले पनि तत्काल सार्वजनिक सवारीसाधनको भाडा घटाउन सरकारसँग आग्रह गरेको छ ।

क्रान्तिकारीका अध्यक्ष रमेश मल्लले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएकाले तत्काल सार्वजनिक सवारीसाधनको भाडा घटाउन आग्रह गरेका छन् ।

इन्धनको मूल्य घट्ने तर सार्वजनिक सवारीसाधनको भाडा नघट्ने भन्ने हुन नसक्ने भन्दै तत्काल आवश्यक निर्णय गर्न क्रान्तिकारीले सरकारसँग माग गरेको छ । यस्तै क्रान्तिकारीले निगममा इन्धन थन्किएको तर वितरण नगरिएकोप्रति पनि आपत्ति जनाएको छ ।

निगमले सोमबारबाट लागू हुने गरी पेट्रोलमा रु पाँच तथा डिजेल र मट्टितेलमा रु ६ का दरले मूल्य घटाएको थियो । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर रु ९९, डिजेल र मट्टितेल प्रतिलिटर रु ७५ पर्नेछ । यसअघि पेट्रोल प्रतिलिटर रु १०४ र डिजेल र मट्टितेल रु ८१ मा बिक्री वितरण हुँदै आएको थियो ।

यस्तै रु २३२ प्रतिलिटरमा बिक्री वितरण हुँदै आएको हवाई इन्धनको मूल्य पनि घटेको छ । नयाँ मूल्यसूचीअनुसार हवाई इन्धनको मूल्य रु १६४ रहेको छ ।

For More videos Log on to Mazzako TV