मज्जाको अनलाईन, माघ ६ गते बुधबार, २०७२, काठमाण्डौं ।

अहिलेकी चर्चित, ब्यस्त अनि ‘स्टाईलिस’ नायिका प्रियंका काकीले नायिका करिश्मा मानन्धरको खुलेरै प्रसंसा गरेकी छिन् । प्रियंकालाई करिश्मा मानन्धरको स्टाईल, फेसन र मेन्टेनेन्स देखेर ‘वाव फिल’ हुन्छ रे । नेपाली सिने नगरीमा स्टाईल र फेसनको मामलामा करिश्मा नै आफ्नो आईकन रेहेको उनले मज्जाको टिभीलाई बताईन ।

12038536_10153544925485675_2094991758442113707_n

‘पुरुष पात्रमा चाही नि ?’ भन्ने प्रश्नमा उनले थपिन्, ‘अलवेज वेल ड्रेस, अन पोईन्ट अनुप बिक्रम शाही, अनमोल केसी अनि भुवन केसी’ । ‘अनि राजेश हमाल चाहि ?” भन्ने प्रश्नमा उनले राजेश हमालको फेसन र स्टाईल भन्दा पनि ‘पर्सनालिटी’ आफुलाई मन पर्ने बताईन ।

12507286_10153753523325295_5239846081997415970_n

सिटीसी मलमा खुलेको ट्रेन्ड सेटर्सको ओपनिङ्गमा मज्जाको टिभीसँग उनले फेसन टेन्ड र स्टाईलको बारेमा धेरै कुराकानी सेयर गरेका छन् । उनी ट्रेन्ड सेटर्सकोको उनी ब्रान्ड एम्बेसडर हुन् ।

12250025_10153652448855675_7400304865081523033_n

पब्लिक फिगर, सेलिब्रेटी भईसकेपछि बाहिर निक्लदा आफु राम्रो देखिन निकै मेहनत गर्नुपर्ने उनी बताउछिन् । आफु धेरैको ‘रोल मोडल’ हुने भएकाले पनि ट्रेन्ड, स्टाईल र फेसन सेलिब्रेटीको लागि निकै महत्वपुर्ण हुने उनको भनाई छ ।

IMG_1202

‘ह्या यसलाई त कस्तो स्टार भन्ने ठानेको यो भन्दा राम्रो त मै देखिदो रहेछु भन्ने दिन चाही कहिले पनि नआओस् भन्ने ठान्छु’, प्रियंका भन्छिन् , ‘मेरो कन्सल्टेन्ट र साथीहरुले मलाई सधै अपडेट गराई रहेका हुन्छन्, अनि म आफै पनि यो कुरामा निकै कन्सस छु ।’

नायिका प्रियंका कार्कीसँगको मज्जाको कुराकानी हेरौं ।

For More videos Log on to Mazzako TV