मज्जाको अनलाईन, माघ ५ गते, मंगलबार २०७२, काठमाण्डौं ।

हुन त ‘धुर्मुस सुन्तली’ अर्थात सिताराम कट्टेल र कुञ्जनी घिमिरे हाँस्यकलाकार हुन् तर यतिबेला ‘धुर्मुस सुन्तली’लाई हाँस्यकलाकार मात्र भन्दा त्यो परिचय कम भएको भन्ने लाग्छ । उनीहरुको समाज र राष्ट्रसेवी कामले ‘धुर्मुस सुन्तली’लाई धेरैले भगवानसँग तुलना समेत गर्न थालेका छन् ।

Dhurmus-Suntali-1-1

प्रत्यक्ष रुपमा गरिबी कारण पछि परेका समुदायहरुसँग उनीहरु साक्षात्कार गर्न, सहयोग गर्न घर घरमै पुग्ने गरेको प्रसंग होस या भुकम्पको बेला राहत बाढ्ने देखि नमुना बस्ती बनाउन दिन रात खटेको कुरा होस्, धुर्मुस सन्तली सदैव ‘फ्रन्ट लाईन’मा देखिन्छन् ।

Dhurmus-Suntali-6

नेपाल सरकारको सरसफाई दुतको रुपमा रहेको यो जोडीले काभ्रे डाँडा गाउँमा देशकै पहिलो एकिकृत नमुना बस्ती बसाल्यो । जाडोले कठ्याङ्ग्रीएका दोलखा भिरकोटका ७५ माझि परिवारलाई न्यानोका लागि सिरक वितरण गर्यो । सिन्धुपाल्चोकको सिंगो बराम्ची गाविसका८ सय १६ भूकम्प पिडितलाई ब्ल्याङकेट बाँड्यो । त्यस्तै देशका विभिन्न जिल्लाहरुमा गएर सरसफाईको अभियान नै चलाएका धुर्मुस सन्तली बागमती सरसफाई महाअभियानमा पनि निकै जोडतोडले लागेका छन् ।

Dhurmus-Suntali-3

अहिले भने धुर्मुस सुन्तलीले मुसहर वस्तीका ५५ परिवारलाई २- २ वटा सिरक र डस्ना वितरण गरेका छन् । महोत्तरी बर्दिवासमा रहेका मुसहर बस्तीका ५५ परिवारलाई एक/एक बोरा चामल, दाल लगायतका खाद्य सामाग्री पनि वितरण गरे। ‘उहाँहरुको कलाकारिता जति ठुलो छ मन पनि उति नै ठुलो रहेछ’, मुसहर बस्तीमा भेटिएका एक जनाले भने, ‘उहाँहरु जस्तो मान्छेको यो देशमा खाँचो छ ।’

12494948_1197793326915890_3034543365897032128_n

‘दामले नदिने सन्तुष्टी सेवाले दिने रहेछ, सबैको मुहारमा खुशी देख्दा मनै आनन्दित हुने रहेछ’, मुसहर बस्ती पुगेका धुर्मुसले भने, ‘सबैको सहयोग पाएको खण्डमा मुसहर बस्तीको मुहार फेर्ने अभियानको नेतृत्व लिन हामी तयार छौ ।’ धुर्मुसका अनुसार तराइका मुसहर बस्तीमा रहेका पीडित समुदायको पीडामा मल्हम लगाउन सके मधेस र पहाडविचको सम्बन्धलाई अझै दरिलो दरिलो बनाउन सकिन्छ।

12507347_1197793330249223_8186886017227899728_n
अमेरिकामा बस्दै आएका नगेन्द्र ढकालले ‘धुर्मुस सुन्तली’लाई सम्पर्क गरेर नेपाली कम्युनिटी सेन्टर ओल्र्याण्डो (NCC) र युनाइटेड (FNA-FANS) फ्लोरिडाको सहयोगमा धुर्मुस सुन्तली फाउण्डेशनको सक्रियतामा साढे ५ लाख बराबरको तत्कालीन राहात प्याकेज वितरण गरेको हो ।

Dhurmus-Suntali-18

यस्तै, मुसहर वस्तीमा सबैभन्दा बढी अध्ययन गरिरहेका मञ्जे सदालाई ‘धुर्मुस-सुन्तली फाउण्डेशन’ मार्फत प्रोत्साहन स्वरुप नगद ५ हजार पनि प्रदान गरिएको छ । विद्यालय नजिक रहेर पनि पढ्न नजाने समस्या रहेकाले अरुलाई पनि हौसला प्रदान होस् भन्नका लागि रकम प्रदान गरिएको फाउण्डेशनको भनाई छ ।

Dhurmus-Suntali-2

Dhurmus-Suntali-21

Dhurmus-Suntali-22

For More videos Log on to Mazzako TV