काठमाण्डौं । नेपाल बंगबन्धु गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार साँझ बंगलादेशको ढाकामा नेपालले माल्दिभ्सलाई ४-१ ले हराउँदै फाइनलमा प्रवेश गरेका हो । नेपालका नवयुग श्रेष्ठले ३ र विशाल राईले १ गोल गर्दै नेपाललाई जित दिलाएका थिए ।

Nepali Teamनेपालका लागि ह्याट्रिक गर्ने नवयुग पाँचौ खेलाडी भएका छन् । यसअघि गणेश थापा, नरेश जोशी, निराजन रायमाझी र भरत खवासले ह्याट्रिक गरेका थिए । यसैगरी माल्दिभ्सले ७५ औं मिनेटमा गोल फर्काएको थियो ।

जितसँगै नेपाल १७ वर्षपछि औपचारिक फुटबलको फाइनलमा प्रवेश गरेको छ । सन् १९९९ पछि नेपाल कुनै पनि औपचारिक फुटबलको फाइनलमा पुगेको थिएन ।

For More videos Log on to Mazzako TV