जाडो महिना लागेसागै नेपाली फिल्मको व्यापार पनि सुस्ताएको छ । पौष महिनामा त सबै फिल्मको व्यापार ठन्डा नै भयो । ‘बागमती, आधा पेज, टिष्टा पारिको साइनो, बिच बाटो, धौली’ जस्तो फिल्मले पौष महिनामा पानी मागेनन् । ठूला बजेटका, चर्को प्रचार गरिएका फिल्मको व्यापार सुस्ताएको हो ।
rajesh-hamal
माघ महिनामा पनि फिल्मको व्यापार सोचेअनुरुप जुरुक्क उचालिन सकेको छैन । माघ १ गतेबाट रिलिज भएका र २ दिनको बिदा खाएका ‘फन्को र काफल पाक्यो’को व्यापार सोचे अनुसार छैन । हुनत, दुबै फिल्मका निर्माताले आफूहरु व्यापारबाट सन्तुष्ट भएको बताइरहेका छन् । ‘फन्को’ले ४ दिनमा ७५ लाखमाथिको ग्रस कलेक्शन गरेको दाबी निर्माताको छ । यता, फिल्म ‘काफल पाक्यो’को व्यापार पनि ४ दिनमा ५० लाखको हारहारीमा पुगेको दाबी निर्माताको छ ।

तर, महंगो बजेटमा तयार भएका कारण पनि यी फिल्मलाई लगानी उठाउन मात्रै हलमा लामै समय टिक्नुपर्ने हुन्छ । तर, देशभर बढेको चिसो मौसमले नेपाली फिल्मको व्यापारलाई पनि चिस्याएको छ । आखिर, के गर्मी लागेसागै तात्ने हो त नेपाली फिल्मको व्यापार । हुनत, यही महिना पनि राम्रै दम भएको भनेर प्रचार गरिएका फिल्म छन् । आशा गरौ, माघको जाडोमै ती फिल्मले माहोल तताउनेछन् ।

For More videos Log on to Mazzako TV