बलिउड अभिनेत्री असिनले आज आफ्ना प्रेमी राहुल शर्मासँग  बिहे गर्दैछिन् । मुम्बइको एक होटलमा धनाढ्य प्रेमीसँग असिनले बिहे गर्न लागेकी हुन् । सुरुवातमा मुस्लिम परम्परा र त्यसपछि हिन्दु परम्परा अनुसार असिन र राहुलको बिहे हुदैछ ।

asin-and-rahul
बलिउडमा प्रेम गर्दा अभिनेताहरुलाई रोजेपनि अभिनेत्रीहरुले बिहे गर्दा भने धनाढ्य व्यापारी रोज्ने गरेका छन् । असिनका प्रेमी राहुल पनि माइक्रोम्याक्स कम्पनीका मालिक हुन् । असिनले बिहेमा बलिउडकर्मीलाई बोलाएकी छैनन् । तर, उनले मुम्बइमा केही दिनमै भव्य पार्टी पनि दिदैछिन् ।

असिनको भेट राहुलसँग बलिउड अभिनेता अक्षय कुमारले गरिदिएका हुन् । अक्षय र राहुल मिल्ने साथी पनि हुन् । यस्तै, असिन र अक्षयले पनि केही फिल्ममा काम गरेका छन् ।

असिनले फिल्म ‘गजनी’बाट चर्चा पाएकी थिइन् । तर, उनले बलिउडका चर्चित अभिनेतासँग काम गरेपछि करिअर चम्काउन सकिनन् । अब, उनी पनि बिहे गरेर थन्किनेछिन् ।

For More videos Log on to Mazzako TV