नव नायक आभाष अधिकारी अनि नायिका आश्मा डिसीको ‘स्लो पेसको लभ मोसन’ अनि घुर्की लगाई र फकाई,  हेर्दा निकै रमाईलो लाग्छ । चलचित्र ‘राम प्यारी’मा समावेश भएको यो रमाईलो गीतको बोल नै मज्जाको छ ‘मेरो घुर्की सुनी दिने….’ । चलचित्रको यो रोमान्टिक नम्बरमा आभाष र आश्माको ‘क्युट क्यामेष्ट्री’ देख्न पाईन्छ ।

avash-ashma

सार्वजनिक यस गीतमा कोसिश क्षेत्रीको संगीत तथा स्वर रहेको छ भने शब्द एसके शाहको हो । गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका छन् ।

रेखा फिल्मस्कोब्यानरमा बनेको चलचित्र ‘राम प्यारी’मा देखिएका यि नव नायक आभाष अधिकारी नायिका रेखा थापाकी आफ्नै जेठी दीदीका छोरा हुन् । रेखाको ‘राम प्यारी’ मार्फत उनले नेपाली रजतपटमा नायकको रुपमा प्रवेश गर्दैछन् ।

चैत २६ गतेदेखि सार्वजनिक प्रर्दशनमा आउन लगोको यो सिनेमाको निर्देशन सबिर श्रेष्ठले गरेका हुन् । महिला टेम्पो चालकको कथा रहेको फिल्ममा रेखाको अपोजिटमा नायक सविन श्रेष्ठ छन् ।

For More videos Log on to Mazzako TV