काठमाडौं  । सहमतिको नजिक भनिएको कार्यदल स्तरीय बार्ता मोर्चाले एक तर्फी रुपमा भंगको घोषणा गरेको छ ।

स्रोतका अनुसार आजको बैठकमा कार्यदल सदस्य हृदयेश त्रिपाठीले आफूहरुले राखेको मधेसमा दुई प्रदेश हुने गरी सीमांकन गर्ने राजनीतिक संयन्त्रको कार्यादेश दिन नसक्ने हो भने बार्ताको कुनै अर्थ नहुने भन्दै यस्तो अवस्थामा कार्यदल स्तरमा अब थप बार्ता गरेर जान नसकिने बताएका थिए ।

उनले तीन दलीय कार्यदल आफैले केही गर्न नसक्ने भएकोले थप बार्ताको औचित्य नभएको भन्दै आजबाट बार्तामा नबस्ने घोषणा गरेका थिए । उनले महेश आचार्य र भीम रावलले मनाउने प्रयास गरेका थिए । उनीहरुले अहिले नै बार्ता भंगको घोषणा नगरौ समय छ, छलफल गर्दै जाऔ भनेर मनाउने प्रयास गरेका थिए ।

3 party- madeshi taskforceउनीहरुले मिडियामा अहिले नै बार्ता भंग भएको घोषणा नगरौ सकारात्मक छ भनेर भनौ भनि आग्रह गरेका थिए । तर त्रिपाठीले आफूले अब जनतालाई धेरै ढाटेर राख्न नसक्ने भन्दै बास्तविकता बताउने चेतावनी दिएका थिए ।

लक्ष्मणलाल कर्णले सकारात्मक भएको विषयमा पनि एकाएक सरकारी कार्यदल असहत देखिएकोले थप बार्ताको आवश्यकता नभएकोले अब बार्ता गर्ने भए शिर्ष तहमा गर्नुस कार्यदल तहमा थप केही हुन नसक्ने बताएका थिए । प्रमुख तीन दलको शिर्ष बैठकले मधेसमा दुई प्रदेश भन्ने शब्दावली नराख्ने निर्णय गरेपछि मोर्चाको कार्यदल आक्रोसित बनेको हो ।

सहमतिका आधार तयार गर्न शीर्ष नेतृत्वको कार्यदललाई निर्देशन

तर यस अघि नै प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठकले तराई–मधेसमा आन्दोलतरत पक्षबाट सहमतिका लागि लिखित प्रस्ताव पेस गरेको निष्कर्ष निकाल्दै थप पहल गर्न कार्यदललाई निर्देशन दिएका छन् ।

आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका तर्फबाट आइतबारको बैठकमा लिखित प्रस्ताव नै पेस हुनु सहमतिका लागि नै भएकाले थप लचकताका साथ प्रस्तुत हुन र आवश्यक निर्णय गर्न कार्यदललाई निर्देश गरेको हो ।

आन्दोलतरत मोर्चाका तर्फबाट कार्यदलमा सहभागी नेताहरुले आइतबार सहमतिको आधार भन्दै छबुँदे प्रस्ताव पेस गरेका थिए । पछिल्ला दिनमा कार्यदलको बैठकमा मोर्चा लचकताका साथ प्रस्तुत भएको र मागपत्र पेस गर्ने अवस्थाबाट सहमतिका आधार नै पेस गर्ने चरणमा प्रवेश गरेको भन्दै सोहीअनुसार नै अगाडि बढ्न आग्रह गरिएको एकीकृत नेकपा(माओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

‘मोर्चाले लिखित रुपमा नै सहमतिका आधार नै प्रस्तुत गरेर वार्तामा सहभागी भएको पहिलो पटक हो, यसअघि मागमाथि माग मात्रै प्रस्तुत हुन्थ्यो’, उनले भने,‘आइतबार भने यसरी सहमति गरौँ भनेर मोर्चाका नेता प्रस्तुत हुनुभएको छ, त्यसले वातावरण सकारात्मक बनाएको छ ।’

बैठकमा कार्यदलमा सहभागी सदस्यले पछिल्लो दिनमा भएको प्रगतिका बारेमा शीर्ष नेतृत्वलाई जानकारी गराएका थिए। सोही जानकारीका आधारमा प्रमुख तीन दल र मधेसी मोर्चाबीचमा सहमति नै गर्ने गरी छलफल गर्न आग्रह गरिएको छ ।

तराई–मधेसमा दुई प्रदेश हुन नसक्ने

प्रमुख तीन दलको बैठकले तराई–मधेसमा तत्काल दुई प्रदेश निर्माण हुन नसक्ने निष्कर्ष निकाल्दै उच्चस्तरीय राजनीतिक समिति मार्फत सीमाङ्कनको विवाद टुङ्ग्याउने विषयमा कुराकानी भएको नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए ।

उनले व्यवस्थापिका–संसद्मा सरकारी विधेयकका रुपमा पेस भएको संविधान संशोधन विधेयकलाई अगाडि बढाउने वा संशोधन माथि परेका संशोधनलाई पनि सँगै अगाडि बढाउने भन्ने विषयमा छलफल भएको बताए ।

नेकपा (एमाले)का प्रमुख सचेतक भानुभक्त ढकालले सीमाङ्कनका विषयमा उच्चस्तरीय समिति मार्फत अगाडि बढ्न सकिन्छ भन्दै अरु विषयमा संविधान संशोधन गरेर जान सकिने विषयमा छलफल केन्द्रित रहेको बताएका थिए ।

For More videos Log on to Mazzako TV