काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक मुस्कुराइरहेको चित्र कोर्ने चाहना सरकारसँग भएको बताएका छन् । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको छैटौँ प्राज्ञसभाको सोमवार यहाँ उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भने, “मानिस खुसी भएको, रुन नपरेको एवम् शान्ति र समृद्ध भएको नेपाल बनाउने सरकारको चाहना छ ।’

उनले काम गर्न खोज्नेलाई दुरुत्साहित गर्न खोज्ने प्रवृति भएको गुनासो गरे । ‘यसका लागि विकास निर्माणको काम गर्न खोज्दा यस्तो गर्न पाइन्छ ? भन्ने संस्कार हाम्रो देशमा छ’, उनले भने,‘ गरिबीमा आँटा गिला भन्ने उखान यहाँ चरितार्थ भएकोछ ।”

KP Oliजुन देशमा कला, संस्कृति, साहित्य र खेलकुदको विकास भएको हुन्छ त्यसैको आधारमा राष्ट्रको स्तर मापन हुने भएकाले यी क्षेत्रलाई अघि बढाउन सरकार प्रतिबद्ध भएकोमा पनि प्रधानमन्त्री ओलीले जोड दिनुभयो । सरकार कलामैत्री भएकाले यस क्षेत्रको उन्नयनका लागि ठोस काम गरिने भन्दै उनले प्राज्ञहरुलाई आश्वस्त बताए।

“नेपाल १२५ जात र १२३ भाषा, हिमाल, पहाड र तराई एवम् विभिन्न कला संस्कृतिका मानिसको सुन्दर फूलबारी भएकाले ललितकलाका दृष्टिले महत्वपूर्ण स्थानका रुपमा विश्वमा चिनिन्छ”– प्रतिष्ठानको प्रमुख संरक्षकसमेत रहेका प्रधानमन्त्री ओलीले भने ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्री आनन्दप्रसाद पोखरेलले देशको कला, संस्कृति राष्ट्रियतासँग जोडिएको विषय भएकाले यसको सम्वद्र्धनमा सबैको सहयोग आवश्यक भएको बताए ।

“गत वैशाख १२ गतेको भूकम्पले प्रतिष्ठानको भवन पूर्णरुपमा क्षति भएको छ, यसको पुनःनिर्माण गरेर कलाकारले सुरक्षित भवनमा बसेर कला सिर्जना गर्ने वातावरण बनाउँछु”– प्रतिष्ठानको संरक्षकसमेत रहेका मन्त्री पोखरेलले भने ।

प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायले विसं २०६६ चैत ३१ गते गठन भए पनि कानुनी झमेलामै पदाधिकारीको पहिलो कार्यकाल सिध्याउनुपरेको, दोस्रो कार्यकालका पदाधिकारी भूकम्प र जग्गाको झमेलामा फस्नुपर्दा ललितकला क्षेत्रका लागि काम गर्ने समय कम हुन गएको गुनासो गरे ।

पूर्वकुलपति किरण मानन्धरले प्रतिष्ठानको १५ रोपनी जग्गा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानलाई दिने मन्त्रिपरिषद्को निर्णयले ललितकलाकर्मीलाई चिन्तित बनाएको बताए ।

उपकुलपति शारदा चित्रकारले वैशाख १२ गतेको भूकम्पले कार्यालय भवन क्षतिग्रस्त भएपछि प्रिन्ट मेकिङ स्टुडियो र अस्थायी टहरामा काम गर्न बाध्य हुनुपरेको सुनाइन ।

कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव नवराज भट्टले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै भूकम्पपीडित ललिलतकलाकर्मीका लागि रु १५ लाखको राहतकोष स्थापना गरिएको जानकारी दिए ।

भूकम्पमा तीन कलाकर्मीले जीवन गुमाएको पनि सो अवसरमा बताइएको थियो । रासस

For More videos Log on to Mazzako TV