काठमाडौं । ललितपुरमा अहिलेसम्मकै ठुलो मोबाइल मेलाको आयोजना गरिने भएको छ । ललितपुर मोबाइल कम्प्लेक्सले यही माघ ८ गतेदेखि माघ १६ गतेसम्म मोबाइल मेला आयोजना गर्ने भएको छ। नयाँ वर्ष २०१६ तथा कम्प्लेक्सको शुभआरम्भको अवसर पारेर मोबाइल मेला आयोजना गर्न लागिएको हो ।

मोबाइल मेला बारे जानकारी दिन सोमवार कम्प्लेक्समै आयोजना गरिएको पत्रकार सम्मेलनमा ललितपुर मोबाइल कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले अहिलेसम्मकै सबैभन्दा ठूलो हुने जानकारी दिए। बस्नेतले यसपटको मेला प्रदर्शनको लागि मात्र नभई व्यापार प्रर्वद्धनको लागि समेत भएको बताए ।

mobile-melaमेलामा कुनै पनि मोबाइलको खरिदमा ४० प्रतिशतसम्म छुट दिइने छ भने एसेसरिजको खरिदमा ५५ प्रतिशतसम्म छुट दिइने छ । मेलामा ९ सय रुपैयाँदेखि १ लाख २५ हजार रुपैयाँसम्मका ब्राण्डेड मोबाइल फोन उपलब्ध हुनेछन्। त्यस्तै कुनै पनि मोबाइल तथा ग्याजेटको सर्भिसमा २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको आयोजक कम्प्लेक्सले जनाएको छ।

mobile-mela1ललितपुर मोबाइल कम्प्लेक्सले आयोजना गर्ने यो दोस्रो मोबाइल मेला हो । यस पटक मेलामा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। अवलोकनकर्तालाई प्रवेशमा १ सय रुपैयाँ बराबरको निःशुल्क लक्की ड्र कुपन दिइने र उक्त कुपनबाट हरेक दिन लक्की ड्र मार्फत तीनवटा स्मार्टफोन प्रदान गरिने छ। मेलाको अन्तिम दिन लाक्की ड्र मार्फत एक जना व्यक्तिलाई १ लाख रुपैयाँ बराबरको बम्पर उपहार प्रदान गरिने छ।
मेलामा सामसुङ, हुवावे, जिओनी, आईफोन, एचटीसी, माइक्रोसफ्ट, सोनी, ब्ल्याकबेरी, एलजी, कलर्स, कार्बन, पानासोनिक, डिटिसी, लाभा, विनकम लगायतका ब्राण्डेड फोनहरु उपलब्ध हुने छन् ।

 

For More videos Log on to Mazzako TV