तनहुँ । तनहुँको दक्षिणी भेग राम्जाकोटबाट भीमाद बजारतर्फ आउँदै गरेको ग १ ख ४९७० नंको यात्रुवाहक बस माझकोट–९ मिछुलुङ भन्ने स्थानमा आज दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृतकको पहिचान हुन सकेको छैन । सो बसमा करिब ५० जना यात्रु सवार रहेको बताइएको छ ।

गम्भीर घाइते सातजनालाई उपचारका लागि पोखरा पठाइएको भीमाद प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक राजकुमार बस्नेतले जानकारी दिए ।

For More videos Log on to Mazzako TV