मज्जाको अनलाईन, माघ ४ गते सोमबार, २०७२, काठमाण्डौं ।

फिल्म मेकरहरुले चलचित्र प्रोमोसनको नयाँ नयाँ तरिकाहरु अपनाईरहेको बेला चलचित्र ‘क्लासिक’ युनिटले पनि फेसबुममा ‘क्लासिक प्रोफाईल’को अभियानलाई थालेको छ । प्रत्यक्ष दर्शकहरुमाझ चलचित्रको हाईप क्रिएट गर्ने ठानिएको यो तरिकाले चलचित्रको ब्यापारमा फाईदा पुग्ने निर्माण युनिटको दावी छ ।

Classic Profile new one

माघ २९ अर्थात् ‘भ्यालेण्टाइन डे’को अवसर पारी प्रदर्शन हुन लागेको यो चलचित्रले प्रोमोशन एप्लीकेशन नै निर्माण गरेको छ । जसमार्फत फेसबुक प्रयोगकर्ता आफैले आफ्नो तस्बिरलाई ‘क्लासिक प्रोफाइल’का रुपमा परिवर्तन गर्न सक्ने छन् ।

फेसबुक प्रोफाइल परिवर्तन गर्न http://app.reelnepal.com/ मा गई फेसबुक अकाउण्ट लग इन गरिसकेपछि तपाईको प्रोफाइल पिक्चर्स देखिने छ । पिक्चर्ससँगै देखिएको ‘पोष्ट टु फेसबुक’ अप्सनमा क्लिक गरेपछि तपाईको प्रोफाइल पिक्चर्स परिवर्तन हुन्छ ।

Classic profile

निर्माण पक्षले क्लासिक प्रोफाइल परिवर्तन गर्ने फेसबुक प्रयोग कर्ताका लागि ‘ह्यासट्याग क्लासिक’ उल्लेख गर्न आग्रह गरेको छ । जसका आधारमा क्लासिक प्रोफाइल पिक्चर्समा सबै भन्दा बढी लाइक, कमेण्ट र सेयर हुने १० फेसबुक प्रयोगकर्ताले आर्यन सिग्देल र नम्रता श्रेष्ठसँग डिनर सहित आकर्षक गिफ्ट प्राप्त गर्ने जनाएको छ ।

दिनेश राउतको निर्देशनमा बनेको चलचित्र क्लासिकमा आर्यन सिग्दले र नम्रता श्रेष्ठ मुख्य भुमिकामा देखिएका छन् । सुवास गिरीले निर्माण गरेको यो सिनेमामा आर्यन र नम्रतालाई दुष्टिविहिन पात्रको रुपमा देख्न सकिनेछ ।

For More videos Log on to Mazzako TV