म्यूजिक भिडियो दुनियाामा कुनै बेला चर्चामा रहेपनि अहिले सुस्त देखिएकी मोडल सिम्पल खनालले अब नयाँ जीवन सुरु गरेकी छिन् । उनले यूकेमा रहँदै आएका आफ्ना प्रेमी निदनसँग बिहे गरेकी छिन् । काठमाण्डौको हायात होटलमा आफन्त, परिवारलाई मात्र बोलाएर सिम्पलले निदनलाई आफ्नो बनाएकी हुन् । bihe-simple

यूकेका व्यापारी निदन र सिम्पल केही समयदेखि प्रेममा थिए । प्रशन्न पौडेलसँग अलग भएपछि सिम्पलले आफ्नो मोडलिङ करिअर आफ्नै शैलीमा अगाडि बढाएकी थिइन् । अब, भने उनले यो क्षेत्र छाडेर विदेशीने सोच बनाएकी छिन् ।

हुनत, अधिकांश मोडल तथा अभिनेत्रीहरु उमेर पुगेपछि र करिअर ओरालो लागेपछि एनआरएन रोज्दै विदेशिन थालेका छन् । आखिर, सिम्पल पनि उही सूचीमा नै त परिन् ।

For More videos Log on to Mazzako TV