‘ट्रेन्ड सेटर्स युनिसेक्स हेयर एन्ड ब्युटी स्टुडियो’ आजबाट औपचारिक रुपमा सञ्चालनमा आएको छ । काठमाडौंको सुन्धारास्थित सिटिसी मलमा सञ्चालन गरिएको हेयर एण्ड ब्युटी स्टुडियोको ‘ब्रान्ड एम्बेसडर’को रुपमा नायिका प्रियंका कार्कीलाई घोषणा गरिएको छ । नायिका कार्कीले सैलुनमा अन्तर्राष्ट्रियस्तरको सुविधा उपलब्ध भएको बताउदै ढुक्क भएर ट्रेन्ड सेटर्समा पाल्न सबैलाई अनुरोध गरिन् ।

IMG_1202
सौन्दर्य क्षेत्रमा गुणस्तरिय सेवा तथा सुविधा प्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याईएको ट्रेन्ड सेटर्सको शनिवार उद्घाटन गरिएको छ । नायिका करिश्मा मानन्धर, गायिका कोमल वली, हाँस्यकलाकार  दीपाश्री निरौला, कुञ्जना घिमिरे तथा गायिका सविना कार्कीले रिबन काट्दै उक्त सैलूनको उद्घाटन गरे ।

IMG_1191

त्यस्तै कार्यक्रममा नायक भुवन केसी, निर्देशक दिनेश डिसी, निर्देशक निर्मल शर्मा, हाँस्यकलाकार विल्सन विक्रम राई, गायकहरु राजेश पायल राई, योगेश्वर अमात्य र पत्रकार सुवास ढकालले संयुक्त रुपमा ब्युटी स्टुडियोको सफल्ताको कामना गर्दै केक काटेका थिए ।

IMG_1230

कार्यक्रममा ब्युटी स्टुडियोकी ब्रान्ड एम्बेसडर प्रियंकाले शनिवारदेखि नै प्रारम्भ गरेको स्मार्ट कार्डको समेत शुभारम्भ गरिन् । उनलाई स्टुडियोका तर्फबाट २० हजार रुपैयाँ बराबरको स्मार्ट कार्ड उपलब्ध गराईयो।

IMG_1225

आजबाट सञ्चालनमा आएको ट्रेन्ड सेटर्समा हेयर कट, हेयर कलर, हेयर स्ट्रेट, हेयर ट्रिटमेन्ट, हेयर एक्सटेन्सन, फेसियल, म्यानिकेयर–पेडिकेयर लगायतका सौन्दर्यसम्बन्धित १ सय भन्दा बढि सेवा उपलब्ध हुनेछ ।

IMG_1206

IMG_1250

IMG_1263

For More videos Log on to Mazzako TV