माघ २९ गते फिल्म बजारमा तीन चलचित्रहरुको जोडदार भिडन्त हुने भएको छ । चलचित्र ‘क्लासिक’ ‘प्रेम गीत’ र ‘चलेछ बतास सुस्तरी’ बीच कसले बाजी मार्ने हो ? सबैको चासोको बिषय बनि रहेको छ । बिग बजेटका भनिएका ‘क्लासिक’ र ‘प्रेमगीत’लाई चुनौती दिदै ‘चलेछ बतास सुस्तरी’ले पनि प्रोमोसनल कन्टेन्टहरु सार्वजनिक गरिरहेको छ । चलचित्र युनिटले विहिबार राजधानीमा पत्रकार भेटघाटको कार्यक्रम राखेर चलचित्रको प्रोमो र गीत देखाएको थियो ।

IMG_1124

पत्रकारहरुसँगको साक्षात्कारमा निकै खरो रुपमा प्रस्तुत भएका निर्माता तथा लेखक प्रदिप भारद्वाजले माघ २९ गते ‘विगेष्ट गेम अफ द इयर’ हुने बताए । उनले आफु सर्जक भएकाले ब्यापार मात्रै गर्नको लागि भनेर चलचित्र नबनाएको मज्जाको अनलाईनलाई बताए । ‘मैदानमा उत्रेको योद्धा की मर्छ की जित्छ, सर्जकले नाफा घाटा हेर्दैनँ ’ उनले भने, ‘माया प्रेमलाई नेचुरल वे मा हाम्रो चलचित्रले प्रेजेन्ट गरेको छ, कुनै बनावटी कथा बुनिएको छैन् ।’ उनले कथम कदाचित चलचित्र नचलेमा पनि दु:ख नालाग्ने प्रतिक्रिया दिए ।

IMG_1116

चलचित्र ‘चलेछ बतास सुस्तरी’मा प्रमोद भारद्वाज र सुष्मा काकीको रोमान्स हेर्न पाईन्छ । नायिका सुष्माले ‘चलेछ बतास सुस्तरी’ आफुलाई डेब्यु फिल्म जस्तो लागेको प्रतिक्रिया दिईन् । नायक प्रमोदले पनि चलचित्रबाट निकै ठुलो आशा राखेको बताए । प्रमोदले चलचत्रि दोहोर्‍याएर हेर्नुपर्ने खालको रहेको टिप्पणी गरे । फिल्मलाई सबु सुवेदी र अनिला खड्काले निर्देशन गरेका हुन् ।

IMG_1130

For More videos Log on to Mazzako TV