पुजा शर्मा र प्रदिप खड्काको रिल लाईफ माया प्रेमको जीत, अनि त्यो जीतको सेलिब्रेसन । चलचित्र ‘प्रेम गीत’को यो जोडीलाई फिचरिङ गरिएको नयाँ गीत ‘मैले सोचेको जस्तै’ सार्वजनिक गरिएको छ । सिनेमाको यो रोमान्टिक गीत सुन्दा झै हेर्दा पनि निकै रमाईलो लाग्छ । मनोरम दृश्यहरुमाझ मायाको मिठो आभासलाई साटिएको यो गीतले सम्पुर्ण मायालु जोडीहरुको अन्तरआत्माको कुरा बोल्ने चलचित्रका निर्देशक सुर्दशन थापा बताउछन् ।

12494734_897435097018548_5405745456877322268_n

भ्यालेन्टाईनको माहोलमा रिलिज गर्न लागिएको यो सिनेमा गीत संगीतका कारण पनि निकै चर्चामा छ । भर्खरै सार्वजनिक गरिएको यो नयाँ गीतमा मुस्ताङका मनोरम दृश्यहरु देख्न पाईन्छ । ‘सिनेमाको क्वालिटीमा हामीले कुनै कम्प्रमाईज गरेका छैनौं’, चलचित्रका निर्माता सन्तोस सेन भन्छन्, ‘यसअघि सार्वजनिक भएका प्रेम गीतका अन्य गीतहरु झै यो गीतले पनि राम्रो प्रतिक्रिया पाईरहेको छ ।’

12400737_1685569835053840_57251209162560322_n

डा. कृष्णहरी बरालको शब्दमा रहेको यस गीतमा अर्जुन पोखरेलले संगीत भरेका हुन् । गीतमा आवाज सन्तोष लामा र स्वेच्छा ठकुरीको छ । यो गीतलाई रेनशा बान्तवा राईले कोरियोग्राफी गरेकी हुन् ।

For More videos Log on to Mazzako TV