• जिलला ब्युरो

काठमाडौं । आज माघ १ अर्थात माघे सङ्क्रान्ति । यसलाई थारु समुदाले माघी र मगरलगायत अन्य समुदायले माघे सङ्क्रान्तिको रुपमा मनाउँछन् । यस अबसरमा राष्ट्रपति, प्रधानमन्त्री देखि विभिन्न दलका नेताले शुभकामना दिएका छन् ।

माघे सङ्क्रान्तिको अवसरमा देशभरका विभिन्न तीर्थस्थलमा मेला पनि लागिरेका छन् । काठमाडौंमा मगर सुमदायले टुँडिखेलमा माघे सङ्क्रान्ति मनाउँदै छन भने थारु समुदायले दशरथ रंगशालमा माघी मनाउँदै छन् ।

काठमाडौं बाहिर नवलपरासीका त्रिवेणी धामलगायत चर्चित तीर्थस्थलमा आज बिहानैदेखि तीर्थालु भक्तजनको घुइँचो लागेको छ ।

नवलपरासीको त्रिवेणी धामसहित नारायणी नदीका आसपासका क्षेत्रमा बिहानैदेखि स्नान साथै पूजाआजा गर्न श्रद्धालु भक्तजनको घुइँचो लागेको हो ।

Maghiत्रिवेणी धाममा लुम्बिनी अञ्चलका विभिन्न जिल्ला, चितवनसहित आसपासका जिल्ला र छिमेकी भारतीय क्षेत्रका हजारौँ तीर्थालुको उल्लेख्य सहभागिता रहेको छ ।

विशेषगरी आज माघे सङ्क्रान्तिका अवसरमा विभिन्न धार्मिक तीर्थस्थलमा गई स्नानका साथै पूजाआजा गर्नाले पारिवारिक सुख समृद्धि मिल्ने धार्मिक विश्वास रहिआएको छ ।  त्यस्तै माघे सङ्क्रान्तिको अवसरमा पूर्वको झापाको कनकाई माईधारमा भव्य मेला लागेको छ ।

माईधारमा मकर स्नानका लागि हजारौँ भक्तजन मेलामा जाने गरेका छन् । मेलामा रोटेपिङजस्ता मनोरञ्जन दिने विभिन्न खेलहरु राखिएका छन् । मेलामा कुनै अप्रिय घटना हुन नदिन उल्लेखनीय सङ्ख्यामा प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले जानकारी दिए ।

झापाको माईधारमा परापूर्वकालदेखि लाग्दै गरेको यो मेलामा सुनसरी, मोरङ, झापालगायत भारतीय नागरिक पनि आउने गर्दछन् ।

दूरपश्चिममा काग तिहार मनाइँदै

उता सुदूरपश्चिममा भने काग तिहार मनाइँदैछ । कात्तिकमा पर्ने दीपावली तिहारमा कागको पूजा गर्ने प्रचलन रहिआएको भए पनि सुदूरपश्चिमका पहाडी जिल्लामा भने आज अलि फरक ढङ्गले काग तिहार मनाउने गरिन्छ ।

स्थानीय भाषामा ‘नरहरि’ भनिने यस चाड माघे सङ्क्रान्तिको नामबाट पनि बुझिन्छ । सुदूरपश्चिमका जिल्लामा पुसे तिहार अर्थात् माघे सङ्क्रान्तिमा कागलाई सेलरोटी र अन्य मीठा परिकार खुवाउने चलन छ ।

हरेक वर्ष पुस मसान्तमा सेलरोटी पकाउँदा सबैभन्दा पहिला पाकेको रोटी कागलाई दिने गरिन्छ । उक्त खानेकुरा माघे सङ्क्रान्तिका दिन बिहानै नुहाइधुहाइ गरी ‘का कौवा का का मेरो रोटी खा’, ‘का कौवा झुनमुने खाइझा’ भनेर बालबालिकाले कागलाई बोलाउँदै खुवाउने प्रचलन रहेको छ ।

धर्मशास्त्रअनुसार नरक लोकका अधिपति यमराजले पृथ्वी लोकमा भएका मानिसलगायत सम्पूर्ण जीवित प्राणीको जन्म मृत्युको विवरण राख्ने गर्दछन् । त्यस्तो विवरण ल्याउने र लैजाने काम भने कागले गर्ने मान्यता रहेको पण्डित जयानन्द भट्टले बताए ।
हाम्रो सामाजमा कागलाई काकगवेषण, काकन्याय तथा काकबलि आदि विविध शब्दले काग चरित्रको चर्चा गरिन्छ ।

आजको दिन कागलाई पूजाआजा नगरे र खान नदिए पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ । कागले लगेर लुकाएको रोटीलाई मानिसले भेटाएर ब्याउने गाईलाई खुकाए बाच्छी सप्रिनेसमेत विश्वास गरिएको छ ।

माघे सङ्क्रान्तिमा कागलाई मीठा खानेकुराहरु खुवाउँदा पाप नष्ट हुने धार्मिक मान्यता रहीआएको र पार्वती शिवलाई पति पाउँ भनेर माघ महिनामा वर्त बसेकी हुनाले पनि माघ महिनालाई धार्मिक महिना मान्ने प्रचलन रहेको पण्डित जयानन्द भट्टले बताए ।

माघ महिना धार्मिक महिना भएकाले माछा मासु पनि खानु हुँदैन भन्ने पुस्तौँदेखि चलिआएको प्रचलन रहेको पण्डित भट्टको भनाइ रहेको छ । पुसको अन्तिम दिन पकाउने र माघको पहिलो दिन खाने प्रचलन भएकाले यसलाई पुसको पाक्य माघको खाक्य पनि भन्ने गरिएको छ ।

सुदूरपश्चिमेलीले मनाउँदै आएका मौलिक चाड पर्वमध्येको एक चाड माघे सङ्क्रान्ति अर्थात् पुसे तिहारका लागि कामको सिलसिलामा घरबाहिर रहेका मानिसहरु घर फर्किने गर्छन् भने विवाहित महिलाहरु माइती घर जाने गर्छन् ।

For More videos Log on to Mazzako TV