काठमाडौं । उच्च माध्यमिक शिक्षा परिषदले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । अघिल्लो वर्ष ४७. २६ प्रतिशत विद्यार्थी उत्तीर्ण HSEBभएका थिए । सार्वजनिक नतिजा अनुसार नियमित तर्फ ४९.२ प्रतिशत परिक्षार्थी उत्तीर्ण भएको परिषद्ले जनाएको छ ।

असारमा भएको परिक्षामा सहभागी मध्ये नियमिततर्फ १ लाख १९ हजार ९ सय १६ जना परीक्षार्थी उतीर्ण भएको परिषद्ले जनाएको छ । २ लाख ४३ हजार ७ सय ३१ जना परीक्षार्थीले परिक्षा दिएका थिए ।

त्यस्तै आंशिकतर्फ ३४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । आंशिकतर्फ ४३ हजार ९८३ जना पास भएको परिषदले जनाएको छ । आंशिकतर्फ १ लाख २६ हजार ९ सय ३० जना परीक्षार्थी सहभागी थिए ।

एक विषय लाग्ने परीक्षार्थीले मौका परीक्षा दिन पाउनेछन् । मौका परीक्षा माघ २९ गते हुनेछ ।

For More videos Log on to Mazzako TV