काठमाडौं । प्रमुख तीन दलले माघ ५ गते बस्ने संसद बैठक अगावै आन्दोलनरत मधेसी मोर्चालाई संविधान संशोधनका लागि सहमत गराउन उनीहरुका माग सम्बोधन गर्ने निर्णय गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको प्रमुख तीन दलको बैठकले मोर्चाका मागलाई सम्बोधन गर्दै संशोधन प्रक्रिया अघि बढाउने निश्कर्ष निकालेको हो ।

आन्दोलनरत मोर्चाले अगाडी सारेका मुख्य मागमध्ये सिमांकन हेरफेरलाई टुंगो लगाउन बनाइने राजनीतिक संयन्त्रलाई वैधानिकताका लागि गरिने प्रक्रियाबारे पनि छलफल भएको छ ।

tLg bn / dw];L df]rf{ a}7s k|wfgdGqL lgjf; afn'jf6f/df cfOtaf/ k|d'v tLg bn g]skf -Pdfn]_, k|d'v k|ltkIfL bn g]kfnL sfªu|];, Pdfcf]jfbLsf zLif{g]tf / cfGbf]ng/t ;+o'Qm nf]stflGqs dw];L df]rf{sf g]tfx?sf] a}7s a:b} . tl:a/ M /f]zg  ;fksf]6f,/f;;

File Photo

३ दलले संयन्त्रलाई संसदमार्फत् या संविधानमा नै उल्लेख गरेर भएपनि मोर्चाको माग सम्बोधन गरिने बैठकपछि एकीकृत माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए । यद्यपी यसको प्रक्रियाका बारेमा भने टुङ्गो लगाइएको छैन ।

नेपाली कांग्रेसका नेता महेश आचार्यले मधेसी मोर्चाको मागबारे सहमति नजिक रहेको बताए । बैठकपछि आचार्यले भने, ‘सीमांकन, नागरिकता लगायतका विषयमा सहमति नजिक छौं । त्यसबारे भोलि बस्ने कार्यदल बैठकमा छलफल गरी सहमतिको प्रयास गरिन्छ । सम्भव भएसम्म भोलि नै सम्झौता गरेर विवाद टुंगो लगाउँछौं ।’

तीन दल र मोर्चा प्रतिनिधि संलग्न कार्यदलमा संयन्त्र मार्फत सीमांकन विवाद मिलाउने प्रस्ताव आउदा मोर्चाका तर्फबाट त्यसको वैधानिकतामाथि प्रश्न उठेपछि प्रधानमन्त्री केपी ओलीले साझा धारणा बनाउन ३ दलको बैठक बोलाएका थिए ।

बैठकमा कांग्रेस सभापति सुशील कोइराला, एकीकृत माओवादी अध्यक्ष प्रचण्ड सहित कार्यदलमा सहभागी अन्य नेताहरु पनि सहभागी थिए । शीर्ष नेतृत्वको बैठकपछि अपरान्ह मोर्चासहितको कार्यदलको बैठक बस्ने तयारी भएको छ ।

For More videos Log on to Mazzako TV