काठमाडौं । उत्तरी छिमेकी चीन र नेपालबीच नेपालको वन तथा वातावरण सम्बन्धी ४ सहमति भएका छन् । चीन भ्रमणमा रहेका वन तथा भू संरक्षण मन्त्री अग्निप्रसाद सापकोटा र उनका चिनिया समकक्षी झाङ जिनलोङबीच उक्त सहमति भएको हो।

बुधबार भएको बेजिङमा भेटवार्ताताको क्रममा नेपालले तातोपानी-खासा र रसुवागढी-केरुङ सडकखण्ड स्तरोन्नती गर्ने क्रममा ग्रीन इकोनोमिक कोरिडोरका रुपमा विकास गर्ने  प्रस्ताव गरेको छ ।

भेटमा मन्त्री सापकोटाले तातोपानी- खासा र रसुवागढी-केरुङ सडकखण्ड स्तरउन्नती गर्ने क्रममा पर्ने वातावरणीय प्रभावलाई मध्यनजर गदै  उक्त प्रस्ताव राखेको वनमन्त्री सापकोटाको निजी सचिवालयले जनाएको छ । नेपालको प्रस्तावलाई चीनले सकारात्मक रुपमा लिएको छ ।

Agni-Sapkota-at-chainaदुई पक्षिय रुपमा प्राविधिक टिम गठन गरी सम्भाव्यता अध्ययन कार्य अधि वढाउने समझदारी पनि भएको बताइएको छ । यस्तै चीनले काठमाडौं उपत्यकामा स्थापना गरिने चिडियाखानाका लागि आर्थिक तथा प्राविधिक सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

साथै वन्यजन्तुको अनुसन्धान कार्यलाई सहयोग पुन्याउन स्थापना गरिन विधि विज्ञान प्रयोगशालाका लागि आर्थिक तथा प्राविधिक सहयोग गर्ने भएको छ ।

For More videos Log on to Mazzako TV