मज्जाको अनलाईन, पुष २९ गते बुधबार, २०७२, काठमाण्डौं ।

माघ १ गते अर्थात पर्सि शुक्रबारबाट सार्वजनिक प्रर्दशनमा आउन लागेको चलचित्र फन्कोको बुधबार साँझ राजधानीमा प्रिमियर गरिएको छ । कमलपोखरी स्थित कुमारी हलमा सिनेमा हेर्न नेपाली सिने जगतका नयाँदेखि पुराना कलाकारहरु, सञ्चारकर्मी तथा पत्रकारहरुको बाक्लो उपस्थिती रहेको थियो । IMG_0863

सिनेमा हेर्न ठाट्टिएर पुगेका नायिकाहरु माझ प्रियंकाको ड्रेसले निकै तारिफ पायो । IMG_0891

यता चलचित्रमा सोझी देखिएकी केकी पनि निकै सुन्दर देखिएर प्रिमियरमा आएकी थिईन् । IMG_0790

नायिकाहरु करिश्मा मानन्धर, दिपाश्री निरौला, रेखा थापा, रिमा विश्वकर्मा, रिचा शर्मा, पुजा शर्मा, अशिष्मा नकर्मी, रेजिना उप्रेतीको आ आफ्नै स्टाईलले साँझको चिसोलाई पनि केही बेर गर्माएको थियो । IMG_0904

पदम गुरुङको प्रस्तुतीमा नरेन्द्र महर्जन र शहदेव गौतमको लगानी रहेको यो सिनेमामा सौगात मल्ल, दयाहाङ राई, अनुप बराल, प्रियंका कार्की, केकी अधिकारी मुख्य भूमिका रहेको छ । चलचित्रलाई सुर्वण थापाले निर्देशन गरेका हुन् ।IMG_0905

पैसाको पछाडि दौडने यूवायूवतीको कथालाई चलचित्रले भिन्नै शैलीमा प्रस्तुत गर्न खोजेको छ । फन्कोमा चेतन सापकोटाको संगीत रहेको छ ।  IMG_0849

IMG_0824

IMG_0937

IMG_0929

IMG_0868

IMG_0858

IMG_0818IMG_0879

For More videos Log on to Mazzako TV