मज्जाको अनलाईन, पुष २९ गते बुधबार, २०७२, काठमाण्डौं । 

चर्चित हाँस्यजोडी ‘धुर्मुस सुन्तली’, जो रिल देखि रियल लाईफ पार्टनर सम्म हु्न् । अब यो जोडीको अपडेटहरु प्राप्त गर्न तपाई मज्जाले धुर्मुस सन्तली डट कम लग अन गर्न सक्नुहुनेछ । पछिल्लो समय धेरै नेपाली कलाकारहरु डिजिटल मार्केटमा प्रवेश गरिरहेको बेला हाँस्य जोडी धुर्मुस सन्तलीले पनि आफ्नै वेभसाईट बनाएका छन् ।

Dhurmus suntali new one

उनीहरुको वेभसाईट मात्रै होईन आफ्नै युट्युब च्यानल पनि खोलिएको छ । दर्शक स्रोतासँग प्रत्यक्ष जोडिन सकियोस भन्ने हेतुले डिजिटल माकेटमा पनि हामी छिरेका हौं वेभसाईटका बारेमा बताउदै ‘धुर्मुस’ले भने बेभसाईटको फस्टलुक र युट्युब च्यानललाई लिएर भ्युअरबाट निकै राम्रो प्रतिक्रिया प्राप्त भईरहेको छ ।

सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’का बारेमा जानकारी, विभिन्न ठाँउका कार्यक्रमहरु, उनीहरुका हाँस्यब्यंग्य प्रस्तुती तथा अन्य अपडेटहरु वेभसाईटमा हेर्न र पढ्न सकिनेछ । सामाजिक कार्यमा पनि निकै सक्रिय भएर लागेको यो जोडी नेपाल सरकारको सरसफाई दूत समेत रहेको छ । पछिल्लो समय धुर्मुस सुन्तली सरसर्फाइ अभियान देखि लिएर भुकम्पिडितहरुलाई राहत बितरण जस्ता सेवाका कामहरुमा पनि निकै लागिपरेका छन, जसले उनीहरुको सामाजिक उचाई पनि निकै बढेको देखिन्छ ।

For More videos Log on to Mazzako TV