मज्जाको अनलाईन, पुष २९ गते बुधबार, २०७२, काठमाण्डौं ।

आर्यन सिग्देल र नम्रता श्रेष्ठ अभिनित चलचित्र ‘क्लासिक’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘हारे हारे’ बोलको यो मर्मस्पर्शी गीत सुन्दा जति कणप्रिय लाग्छ हेर्दा पनि उस्तै देखिन्छ । गीतमा चलचित्रका मुख्य कलाकारहरुको मायाप्रेम, त्याग र सर्मपणलाई देखाईएको छ । ‘स्याड भर्सन’को यो गीतमा आवाज युवराज चौलागाईको छ भने संगीत ताराप्रकास लिम्बुको हो । गीतमा शब्द चलचित्रका निर्देशक दिनेश राउत स्वयंको छ ।Untitled-1

माघ २९ गतेबाट सार्वजनिक प्रर्दशनमा आउन लागेको यो सिनेमाको चर्चा गीत संगीतका कारणले पनि निकै चुलिएको छ । ‘नोभेम्बर रेन’ जोडीको यो नयाँ प्रेमकथामा यसपाली दृष्टिविहिनहरुको कथा बोलिएको छ । प्रेम दिवसको दिनलाई क्यास गर्दै ग्राण्ड रिलिजको तयारी गरिएको यो सिनेमालाई आर्यन सुवास इन्टरटेन्टमेन्ट र आर्यन सिग्देल इन्टरटेन्टमेन्टले मिलेर बनाएका हुन् ।

For More videos Log on to Mazzako TV