काठमाडौं । नागरिक लगानी कोषले जलविद्युत् लगानी तथा विकास कम्पनीको साधारण सेयरको बुधबार बाँडफाँड गर्ने भएको छ ।कम्पनीको पुँजी वृद्धि गर्ने योजनाअनुसार गत कात्तिक १२ गतेदेखि १९ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरिएको थियो ।Citizen Investment found

कम्पनीको प्रमुख बिक्री प्रबन्धकमा कोष र सहप्रबन्धकमा एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेड र एनएमबी क्यापिटल रहेका थिए । कम्पनीले १०० अङ्कित दरका दुई लाख कित्ता सेयर नागरिक तहमा आह्वान गरेको थियो । रु दुई अर्बका लागि आह्वान गरिएको साधारण सेयरमा ४० अर्ब बढीको आवेदन परेको थियो ।

कोषले साधारण सेयरमा आवेदन गर्ने प्रायः सबैलाई न्यूनतम् सेयर प्रदान गर्ने जनाएको छ । बुधबार बिहान एक सार्वजनिक समारोहको आयोजना गरेर सेयर बाँडफाँडबारे जानकारी दिइने उपव्यवस्थापक रोशनजङ्ग कार्कीले जानकारी दिए ।

कोषका अनुसार ठूला लगानीकर्तालाई ६० प्रतिशत र साना लगानीकर्तालाई ४० प्रतिशतको दरले वितरण गरिनेछ । साधारण सेयर जारी गरेपछिको अवस्थामा कम्पनीको कुल पुँजी रु आठ अर्ब पुग्नेछ । जलविद्युत् आयोजनालाई सरल र सहजरुपमा रकम प्रदान गर्ने कम्पनीको उद्देश्य रहेको छ ।

केही जलविद्युत् आयोजनामा लगानीसमेत गरिसकेको कम्पनीले केही आयोजनामा लगानी गर्ने तयारीमा रहेको छ । यस्तै कम्पनीले विप्रेषण जलविद्युत् आयोजना अगाडि बढाई वैदेशिक रोजगारीमा गएका नागरिकको आम्दानीलाई विद्युत् उत्पादनमा जोड्ने योजना अगाडि सारेको छ ।

घुन्सा ७२ मेगावाट र सिंबुवा ५१ मेगावाट क्षमताको आयोजनालाई विप्रेषण जलविद्युत् आयोजनाको रुपमा अगाडि बढाउन कम्पनीले आवश्यक तयारी गरिसकेको छ ।

For More videos Log on to Mazzako TV