काठमाडौं । फुटबल खेलाडीको प्रतिष्ठित् सम्मान फिफा बेलन डि’अर यो वर्ष बार्सिलोनाका अर्जेन्टिनी स्टार लिओनल मेसीसीले जितेका छन् । सोमबार राति स्विट्जरल्याण्डको जुरिचमा फिफा बालोन डि’ओरको विजेता घोषणा गरिएको हो ।

प्रशिक्षक, पत्रकार र फुटबल अधिकारीको मतका आधारमा वर्ष फुटबलर बन्ने क्रममा मेस्सीले रियल मड्रिडका क्रिष्टियानो रोनाल्डो र टिममेट नेयमारलाई पछि पार्दै पाँचौ पटक अवार्ड जित्न सफल भए ।

बर्षेनी एकै खेलाडीले मात्रै जित्ने फिफा बेलन डि’अरमा यो वर्ष मेस्सीले ४१.३३ प्रतिशत मत पाए भने गत वर्षका विजेता रोनाल्डो दोस्रो स्थानमा रहे । उनले २७.७६ प्रतिशत मत पाए ।

Messi-win-balon-d-orपहिलो पटक बालेन डि’ओरको अन्तिम तीन मनोनयमा परेका बार्सिलोनाका ब्राजिलियन स्टार नेयमार तेस्रो स्थानमा रहे । उनले ७।८६ प्रतिशत मत पाए । मेसीले २०१५ को विश्वकै सर्बोत्कृष्ट खेलाडी घोषणा बन्दै गोल्डेन बल प्राप्त गरेका छन् । अवार्ड जितेपछि आफूले बाल्यकालमा सपना देखेभन्दा धेरै भएको मेसीले बताए ।

२१ नोभेम्बर, २०१४ देखि २० नोभेम्बर, २०१५ सम्म गरिएको प्रदर्शनको आधारमा लियोनल मेसी, क्रिस्टियानो रोनाल्डो र नेयमर फिफा बेलन डि’अर २०१५ को अन्तिम सूचिमा परेका थिए ।

मेसी अर्जेन्टिना, रोनाल्डो पोर्चुगल र नेयमर ब्राजिलको राष्ट्रिय फुटबल टिमका कप्तान हुन् । मेसी र नेयमर एउटै क्लब (स्पेनको बार्सिलोना) बाट खेल्छन् भने रोनाल्डो स्पेनकै अर्को क्लब रियल म्याड्रिडका सुपस्टार हुन् ।

यस्तै अमेरिकाकी कार्ली लोइडले फिफा बालोन डि’ओर महिलाको उपाधि जित्न सफल भइन् । उनल जर्मनीले सिलिया र जापानकी आया मियामालाई पछि पारिन् । उनको हृयाट्रिकको मदतमा जापानलाई पराजित गर्दै अमेरिकाले महिला विश्वकपको उपाधि जितेको थियो ।

मेसीको नेतृत्वमा अर्जेन्टिना दक्षिण अमेरिकी महादेसीय प्रतियोगिता कोपा अमेरिकामा च्याम्पियन त बन्न सकेन तर फाइनलमा भने पुगेको थियो । त्यसमा नेयमर नेतृत्वको ब्राजिल क्वाटरफाइन्लभन्दा माथि उक्लिएन र उनी आफै खराब व्यवहारका कारण चार

खेलको प्रतिबन्धमा पनि परे । रोनाल्डोको नेतृत्वमा पोर्चुगल युरो २०१६ लाई छनोट भयो । क्लब फुटबलमा मेसी र नेयमरको टिम बार्सिलोनाले स्पेनी ला लिगा, कोपा डेल रे, युरोपियन च्याम्पियन्स लिग, युईएफए सुपरकप, फिफा क्लब विश्वकप गरी ५ उपाधि जित्यो । क्लब विश्वकप आयोजनाकयो मिति भने अवार्डको भोटिङमा पर्दैन । उसले स्पेनी सुपरकपको ट्रफि मात्र कब्जा गर्न सकेन । बार्सिलोनाको चिरपरिचित प्रतिद्वन्द्वी रियल म्याड्रिडले भने २०१४–१५ को सिजन कुनैपनि उपाधि जितेन ।

अब आयो व्यक्तिगत प्रदर्शनको कुरा, यसमा गोलको गणना गर्ने हो भने सबभन्दा अगाडि छन्, रोनाल्डो । विश्वकै सबभन्दा ‘मार्केटेबल स्पोर्ट्स पर्सनालिटी’ भएका रोनाल्डो गएको सिजन ६१ गोल गरे । मेसीले ५८ र नेयमरले ३९ । पूरा वर्ष २०१५ को तथ्यांकमा भने यी तीनको गोलमा खासै अन्तर छैन । रोनाल्डोले ४५, मेसीले ४४ र नेयमरले ४१ गोल गरे । चोटको कारण मेसी दुई महिना मैदानबारि छंदा नेयमर बार्सिलोनाको मुख्य खेलाडी भएका थिए ।

रियल र पोर्चुगल रोनाल्डोमा केन्द्रित टिम हो । बार्सिलोनाका सुपरस्टार मेसी नै हुन् । त्यसैले वर्ष खेलाडीको अवार्डमा यसपल्टका वर्ष खेलाडीका मुख्य दाबेदार रोनाल्डो र मेसी नै हुन् । अवार्डमा नेयमर पहिलोपल्ट शीर्ष तीनको मनोनयनमा यसैपाली परेका हुन् । मेसी भने २००७ यता छुटेका छैनन् । रोनालडो आठ वर्षयता २०१० को अन्तिम तीनमा मात्र थिएनन् । –एजेन्सी 

For More videos Log on to Mazzako TV