काठमाडौं । प्रधानन्त्री केपी शर्मा ओलीले दिल्लीमा उपचार क्रममा रहेका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई टेलिफोन गरेका छन् । प्रधानमन्त्री ओलीले सोमबार अपरान्ह फोन गरी महतोलाई छिट्टै काठमाडौं फर्कन आग्रह थिए ।KP OLi

महतो मेदान्त अस्पतालमा स्वास्थ्य उपचारपछि ‘फलो–अप’ क्रममा एक साताका लागि दिल्लीमा आराम गरिरहेका छन् । ‘उहाँले मेरो स्वास्थ्य स्थितिको सोधपुछ गर्नुभयो,’ नेता महतोले फोनवार्ताबारे भने,‘मैंले म आफू स्वस्थ्य भैसकें, अब तपाईले देशलाई स्वास्थ बनाउनुहोस् भनेर सुझाव दिए ।’

प्रधानमन्त्री ओलीले राजनीतिक सहमती पहिल्याउने क्रममा ‘तपाईको खााचो छ’ भन्दै संवाद र सहमतीका लागि आग्रह गरेको महतोले बताए । ‘सिंगो अन्तर्राष्ट्रिय समुदायले तपाई९ओली०लाई हेरिरहेका छन्, उनले भने, ‘मधेश मामलामा रहेका समस्या सम्बोधन गर्न तदारुकता देखाउनुहोस् भनेको छु ।’

भारतीय गृह मन्त्री राजनाथ सिंहसाग भेटवार्ता गर्न १७ अकबर रोडस्थित सिंह निवासमा वार्तामा रहेकै बेला प्रधानमन्त्री ओलीले महतोलाई फोन गरेका थिए ।

For More videos Log on to Mazzako TV